आरदलले नै चुनाव चाहेका छौनन् – थापा

२१ श्रावण २०७०, सोमबार मा प्रकाशित

दमक, साउन २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नयाँ जनादेशमा जान डराएर संविधान सभाको निर्वाचन हुन नदिने प्रयास कोहीबाट भएमा त्यो राष्ट्रघाती कदम हुने बताउनु भएको छ ।
पार्टीको भद्रपुर नगर अधिवेशनका लागि झापा आई पुग्नु भएका उहाँले सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै यस्तो वताउनु भएको हो ।

जस्तोसुकै अवस्थामा नयाँ जनादेशका लागि चुनाव अनिवार्य शर्त भएकाले सबै राजनीतिक दल यसमा सहभागी हुनु पर्ने र यसका लागि सरकारले वातवरण बनाउनु पर्ने उहाँको भनाई रहेको छ । पूर्व गृहमन्त्रीसमेत रहनु भएका थापाले चारदल बाहिर चुनाव चाहे जस्तो गरेपनि भित्र भने चुनाव बिरोधी खेलमा नै सक्रिय भएको आरोप उहाँले लगाउनु भयो । आफू अनुकुल भएमा मात्र चुनाव गराउने पक्षमा ठूला दल र यसका नेता लागि परेको भन्दै उहाँले भन्नुभयो– देशमा चुनावको माहोल ल्याउनको सट्टा ठूला दलका ठूला नेताहरु विदेशीलाई रिजाउनका विदेश जानु भनेको हाम्रा लागि दुभाग्य हो दुर्भाग्यहो । चुनाव विरोधी शक्ति भनेर नेकपा माओबादी र मोहन बैधले नेतृत्व गरेको मोर्चालाई देखाईएपनि चारदल नै चुनाव नगराउने मनसायमा रहेकाले चुनाव हुनेमा आँशका बढेको उहाँको कथन थियो । चारदलीय सेन्डिकेटले मुलुक नै बन्धन बनेको वताउदै अध्यक्ष थापाले सर्वदलीय गोलमेच, वार्ता तथा समस्या सामधानका लागि गरिने कुनै पनि प्रकारको छलफलमा मोहन वैद्यलाई मात्र बोलाएर नुहने वताउनु भयो । मोहन वैद्यलाई मात्र फकाएर सबै समस्याको निकास हुने भन्नुको अर्थ नहरने दाबी गर्दै सबैको माग सुन्नलाई सरकार र चारदल लाग्नु पर्ने उहाँको सुझाव थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।