डाँगीवारीमा तरुणदल

२६ श्रावण २०७०, शनिबार मा प्रकाशित

डाँगीवारी,साउन २६ । नेपाल तरुणदलको डाँगीवारीमा सम्पन्न भेलाले युवराज अधिकारी सभापतित्वमा डाँगीवारी गाँउ समिति गठन भएको छ ।
गठित समितिको सचिवमा टंकवहादुर कार्की र सदस्यमा सन्तोष हेमरम विजय चौधरी, राजकिशोर चौधरी, उदय थापा, धनवहादुर राजवंशी, पुन्य प्रसाद तिवारी, दुर्गा राजवंशी, वावा गुरुङ, र युवराज मगर रहेका छन् नेपाल तरुणदल झापा सभापति नरेन्द्र खड्काको प्रमुख अतिथ्य र मधुराम पनेरुको सभापतित्वमा सम्पन्न कार्यक्रममा टंकवहादुर कार्कीले स्वागत गरेका थिए । कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य टोमलाल राजवंशी,झापा सदस्य गोपाल तामाङ,सजेश शिवाकोटी, डाँगीवारी रेटक्रश सभापति हेमप्रसाद राजवंशी नेपाली कांग्रेस डाँगीवारीका महेशकुमार झा , लगायतले नव गठित समितिलाई वधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन खगेन्द्र सुवेदीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।