हावसको साधरणसभा सम्पन्न

१५ भाद्र २०७०, शनिबार मा प्रकाशित

 

काँकरभिट्टा, भदौं १५ । झापाको मेचीनगर ५ धुलाबारीमा रहेको हाम्रो बहुउद्देश्यीय सहकारी संस्था.(हावस) को १७ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

धुुलाबारी स्थित अतिथि सदनमा सम्पन्न साधारणसभामा यस बर्षको एसएलसी परीक्षामा उत्कृष्ठ अङ्क ल्याउने सेयर सदस्यका चार जना छोराछोरीलाई सम्मान गरिएको छ । यसरी सम्मानीत हुनेहरुमा सामुदायिक बिद्यालयतर्फका गोपाल अधिकारी र पदमा दनुवार तथा संस्थागतर्फ मोनिष दाहाल र नबिना बानियाँ रहेका छन । उनीहरुलाई प्रतिव्यक्ति १५ सय रुपैया र प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

राष्ट्रिय सहकारी संघका सदस्य रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष हरिचरण बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिशेष अतिथि जिल्ला सहकारी संघका सदस्य दुर्गाप्रसाद सापकोटा, मेचीनगर नगरपालिका अधिकृत भीमप्रसाद पौडेल, मेची कृषक बहुमुखी सहकारी संस्थाका सदस्य तेजप्रसाद चौलागाँईले वोलेका थिए ।

त्यस्तै महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा खतिवडा, स्वाभिमानी कृषि सहकारी संस्थाका व्यवस्थापक रंगप्रसाद भट्टराई, मेचीनगर बचत तथा ऋण सहकारीका उपाध्यक्ष शिवकुमार रेग्मी, धुलाबारी खानेपानी उपभोक्ता समितिका इन्द्रप्रसाद बुढाथोकी, कवि शिरोमणि उमाविका प्राचार्य कृष्णप्रसाद अधिकारी, लगाएतले वोलेका थिए ।
संस्थाका उपाध्यक्ष भगिरथ शर्मा सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जानुका ओलीले गरेकी थिएन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।