म्यामपावर व्यवसायी भोली कालो दिन मनाउदै

१५ भाद्र २०७०, शनिबार मा प्रकाशित

सुरेन्द्र भण्डारी
विर्तामोड, भदौ १५ । वैदेशिक रोजगार व्यवसायीहरुले २०६१ भदौ १६ गतेलाई स्मरण गर्दै आज कालो दिनको रुपमा सम्पूर्ण मेनपावर वन्द गरेर विविध कार्यक्रम गर्ने भएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा विस २०६१ भदौ ११ गते इराक पुगेका १२ जना युवाको आतङ्कारी समूहले सामूहिक हत्या गरेको दिनलाई सम्झेर वैदेशिक रोजगार व्यवसायीले कालो दिनका रुपमा हरेक वर्ष यस दिनलाई कालो दिनको रुपमा मनाउने गरेका छन् । आतङ्कारीबाट हत्या भएका १२ जना युवाको परिवारका लागि यो दिन जीवनकै सबैभन्दा पीडादायक रहेको भन्दै व्यवसायीले सोही क्रममा आज देशभार विविध कार्यक्रम गरेर कालो दिनको रुपमा मनाउन लागेको वैदेसिक रोजगार व्यवसायी संघ मेचीका अध्यक्ष भानु सिवाकोटीले वताए । आज सम्पूर्ण नेपालीका लागि पीडादायक दिन हो त्यसैले यो दिनलाई हामी कालो दिनको रुपमा मनाउँदै अध्यक्ष शिवाकोटीको भनाइ छ । दर्जनौं आमाबाबुको काख रित्तिएको, बालबालिकाले अभिभावक गुमाएको, दर्जनौं जीवनसंगीनीको सिउदो पुछिएको पीडादायी दिन दिनको मनाइदै आएको कालो दिनका रुपमा मेची शाखाले पनि मदन भण्डारी फउन्डेसन झापाको संयुक्त आयोजनामा अग्रसेन भवन विर्तामोडमा एक विषेश कार्यक्रमको गरेको छ । संघमा आवद्ध व्यवसायी र युवावीच गरिने कार्यक्रममा सम्वोधन गर्न श्रम कार्यालयका सचिव सुरेशमान श्रेष्ठ र उप सचिव कमलराज भण्डारी विर्तामोड आइपुगेका छन् ।
आतङ्कारीबाट नेपाली युवाको हत्या भएको आक्रोशमा २०६१ भदौ १६ गते झापा सहित देशभरका सडकमा भड्केको अराजकताल ठूलो क्षति पु¥याएको अझै नेपाली सञ्चारमाध्यम र वैदेशिक रोजगार व्यवसायीमा ताजै रहेको छ । वैदेशिक रोजगारमा गएर कति नेपाली युवा बेपत्ता भएका छन् त कतिको हत्या हुने गरेको छ सो विषयमा सरकार संग पनि ठोस तथ्यङ्क छैन् । वि.सं २०६१ साल भदौ ११ गते नेपालीमाथि निकै ठूलो बर्बर घटना भएको थियो । त्यस घटनामा परी १२ नेपाली युवाले ज्यान गुमाउनु परेको थियो । त्यही पीडा र आक्रोस अभिव्यक्ति स्वरुप आज वैदेशिक रोजगार व्यवसायीले कालो दिनकारुपमा लिने गरेका छन् । ‘नेपालमा रोजगारी नपाउँदा विदेशमा गएर काम गर्नु नेपाली युवाको अपराध होइन, रोजगारका लागि विश्वका विभिन्न कुना–कुनामा पुगेर काम खोज्नु नेपाली युवाको बाध्यता हो मेनपावर व्यवसायी संघ मेचीका उपाध्यक्ष धनवहादुर पङ्धाकको भनाई छ । इराकमा आतङ्कारी समूहबाट १२ जना युवाको सामूहिक हत्या भएको भिडियो टेप अन्तराष्ट्रिय टेलिभिजन अलजजीराले सार्ववनिक गरेपछि देश उत्पन्न भएको आक्रोशले मेनपावर तोडफोड हुँदा ठूलो मात्रामा क्षति भएको थियो । तोडफोड र आगजनीपछि सरकारले काठमाडौमा र्कफ्यू आदेश जारी समेत गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।