संघीय युवा संघमा गोपाल

१६ भाद्र २०७०, आईतवार मा प्रकाशित

 

भद्रपुर, भदौ १६ । संघीय समाजवादी पार्टी नेपाल झापा क्षेत्र नम्बर – ३ ले आफनो संगठन विस्तार गर्ने क्रममा संघीय युवा संघ तदर्थ गाउँ समिति गठन गरेको छ । झापाको पृथ्वीनगरमा आयोजित एक भेलाले गोपाल माङमुको अध्यक्षतामा ३५ सदस्य सहितको उक्त तदर्थ गाउँ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षहरुमा सुरज राई, सञ्जु लिम्बू, रोहित मगर, रहेका छन भने सचिवमा प्रेम केरुङ्ग, सहसचिवमा मुस्कान लिम्बू, कोषाध्यक्षमा सन्तोष जोगी रहेका छन् । त्यसैगरि सदस्यहरुमा पालदोर्जे तामाङ्ग, रत्नबहादुर राणा, भैरब सिङजाली मगर, सञ्जु सुब्बा, सुरेश गुरुङ्ग, राजु राई, सागर खालिङ्ग राई, ताराबिर लिम्बु, सन्तोष लिम्बु , रुपेश राई, तिलक भटटराई, टिकाराम लिम्बु चन्द्रबहादुर लिम्बु, अमिर भुजेल, सुरज लिम्बू, विजय केरुङ्ग लगायत रहेका छन । संघीय समाजवादी पार्टी नेपाल पृथ्वीनगर गाउँ समितिका अध्यक्ष डिबी तामाङ्गको सभापतित्व तथा संघीय युवा संघका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज देब लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा विभिन्न पार्टी परित्याग गरी सय भन्दा बढी कार्यकार्ताहरु यस पार्टीमा प्रवेश गरेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।