म्याराथन दौड हुने

२६ भाद्र २०७०, बुधबार मा प्रकाशित

logo-of-purwanchal

बिर्तामोड,भदौ २६ । सन्तलाल वृजमोहन गट्टानीको स्मृतिमा हरेक वर्ष सचेत युवा मञ्चले गर्दै आएको म्याराथन दैड प्रतियोगीता यस वर्षपनि हुने भएको छ ।
नेपालीहरुको महानचाड विजयादशमीको अवसर पारेर यस वर्षपनि महिलाहरुका लागि असोज २४ गते र पुरुषहरुका लागि असोज २५ गते खुल्ला म्याराथन दैड प्रतियोगीता आयोजना गरिएको आज बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी गराइयो । सचेत युवा मञ्चका अध्यक्ष चर्तुभूज काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा मञ्चका खेलकुद तथा संस्कृति मन्त्रालय संयोजक रुपेश नेम्वाङ्गले जानकारी गराएका थिए । महिलाहरुका लागि खुदुनावारीको सुखानी गेटवाट शनिश्चरे वजार सम्मको १० किलोमिटर क्रसकन्ट्री दैड रहने जसमा प्रथम हुनेलाई नगद एघर हजार सहित प्रमाणपत्र प्रदान गरिने वताइएको थियो । त्यस्तै दोस्रो हुनेलाई नगद आठहजार तेस्रो हुनेलाई पाँचहजार चौथो हुनेलाई तीनहजार र पाँचौहुनेलाई दुई हजार सहित प्रमाणपत्र प्रदान गरिने खेलकुद संयोजक नेम्वाङ्गले जानकारी दिए ।
त्यस्तै पुरुषतर्फ भने अर्जुनधारा मन्दिरवाट वैशावाडी, चारपानेहुँदै बिर्तामोड भएर शनिश्चरे वजारसम्मको १५ किलोमिटर दुरीमा दैड समापन गरिने पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको थियो । प्रतियोगीतामा प्रथम हुनेलाई नगद १५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई आठ हजार, चौथोलाई पाँचहजार र पाँचौहुनेलाई तीन हजार सहित प्रमाणपत्र प्रदान गरिने वताइएको छ । दुइ दिन सम्म संचालन हुने दैडको पुरस्कार वितरण भने फूलपातीका दिन संयुक्त रुपमा गरिने मञ्चका अध्यक्ष काफ्लेले जानकारी दिए । दुवै दिनको प्रतियोगीता विहान ७ः३० वजेवाट सुरुहुने वताइएको छ ।
खेलकुदको विकास गर्दै समाजमा सामाजिक सद्भाव कायम राख्न आयोजना गरिने सो प्रतियोगीता सकारात्मक सोच अभिवृद्धीका लागि आयोजना गरिएको वताइएको छ । पत्रकार भेटघाट कार्यक्रममा स्वागत मञ्चका उपाध्यक्ष भगिरथ लुइटेलले गरेका थिए । खेलकुद आयोजना र यसको महत्वका वारेमा मञ्चका संरक्षक नवीन गट्टानीले प्रकाश पारेको कार्यक्रममा एथलेटिक्सका प्रशिक्षक लोकवहादुर ओली, तेक्वान्दोका प्रशिक्षक जितेन मेचेले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संचालन मञ्चका दीपिन राइले गरेका थिए । खुल्ला दैड प्रतियोगीमामा इन्ट्रिसुल्क भने एकसय रुपैया राखिएको सचिव कुममार भट्टराईले वताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।