विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न

१३ मंसिर २०७०, बिहीबार मा प्रकाशित

logo-of-purwanchal
वाहुँनडागी,मंसीर १३ । झापाको बाहुनडागीमा स्थित भानु उच्च माविमा आज विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । नव साहित्य समाज बाहुनडागीको आयोजनामा भएको कविता प्रतियोगितामा बाहुनडागीका चार वटा विद्यालयले सहभागिता जनाएका थिए ।

साहित्य समाजका अध्यक्ष केशवराज खानालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा निलकण्ठ तिवारी रहनुभएको थियो । कार्यक्रममा विषश अतिथीको आतिथ्या हिरण्य प्रसाद भट्टराईले गर्नुभएको थियो ।

कविता प्रतियोगितामा मेची जनसाधारण उच्च माविका विनेद आर्चाय प्रथम, युनाइटेट बोडिङ स्कुलकी कामना चम्लागाई  द्धितिय र भानु उच्च माविकी तिलका क्षेत्री तृतीय भएका छन् । प्रतियोगितामा भानु उच्च मावि, युनाइटेट बोडिङ स्कुल, मेची जनसाधारण उच्च मावि र पशुपति माविका ११ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

साहित्यीक कार्यक्रममा उपस्थित सबैलाई साहित्य समाजका उपाध्यक्ष हरिप्रसाद न्यौपानेले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कमल दाहालले गर्नुभएको थियो । कविता वाचन प्रतियोगिताका विजयी विद्यार्थीलाई आगामी २७ गते एक साहित्यक कार्यक्रमका बीच पुरस्कृत गरिने बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here