लागू औषध नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरणका विद्यालयमा कार्यक्रम

३० मंसिर २०७०, आईतवार मा प्रकाशित

  logo-of-purwanchal
बिर्तामोड,मंसीर ३० । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले लागू औषध नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरणका लागि विद्यालय स्तरबाटै पहल गरिनु पर्नेमा जोड दिएका छन् ।
विर्ता मोडल इङ्लिस स्कूल अनारमनीमा आयोजित  ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा र लागू औषध विरुद्धको एक दिवसिय कार्यक्रममा सहभागीले यस्तो बताएका हुन । खुल्ला सिमानाका कराण लागू औषध प्रयोग कर्ताले भारत लगायत तेस्रो देशवाट लाकाई छिपाई लागू औषध नेपाल भित्र्याउने गरेको र विद्यार्थीसमेत उनीहरुको संगतमा परेर कुलतमा फस्ने गरेकाले कार्यक्रमको आयोजना गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक (डीएसपी)भूवनेश्वर तिवारीले वताए । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र अनारमनी, इलाका प्रहरी कार्यालय बिर्तामोड,जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र विर्ता मोडल इङ्लिस स्कूल अनारमनीको संयुक्त आयोजनामा भएको कार्यक्रममा यातायात व्यवस्थ कार्यालय मेचीका प्रमुख राजेश पौडेलले कार्यक्रमको उद्घाटन गरेका थिए । कक्षा ८,९ र १० मा अध्ययरत एक सय जना विद्यार्थी र विद्यालयमा कार्यरत शिक्षकको समेत सहभागीतामा सम्पन्न कार्यक्रम सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष सोमनाथ  थपलियाको अध्यक्षतामा भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख पौडेलले वढ्दो सहरीकरणसंगै लागू औषध प्रयोग कर्ता र ट्राफिक व्यवस्थापनमा चुनैति थपिएको वताएका थिए । विद्यालय स्तरवाट सचेतना कार्यक्रम गर्दै अगाडि वढेको खण्डमा क्षणिक रुपमा केही नदेखिएपनि पछि यस प्रकारका कार्यक्रम आफैं लावदायिक सिद्ध हुँदैजाने उनको भनाई थियो । नेपालको सडक साघुरा भएका कारण सवारी चाप जति वढ्छ त्यत्तिनै मात्रामा दुर्घटना वढ्दै जाने भएकाले समयमै विद्यार्थीलाई सचेत गराउन सकेमात्र दुर्घटना न्यूनीकरण हुने पौडेलको धारण छ । लागू औषध नियन्त्रणमा प्रहरीको मात्र भर नपरी सवैले आफ्नै ठाउँवाट कदम चाले अहिले भइरहेको यो गतिविधि आफैं निष्तेज हुँदै जाने  पौडेलले वताए ।
त्यस्तै हिसानका अध्यक्ष गणेश खनालले लागू औषध नियन्त्रण र दुर्घटना न्यूनीकरणका लागि सरकारले विद्यालय स्तरबाटै इकाई खडा गरी आचरण सुधारका लागि सय पूर्णङ्कको जाँच प्रहरीले नै लिने व्यवस्था गर्नु पर्ने वताए । लागू पदार्थ दुव्र्यसन र आचरण सुधार सम्वन्धी आयोजित कार्यक्रम अत्यान्त सकारात्मक भएको देश वनाउने विद्यार्थीको भविश्य यस प्रकारका कार्यक्रमले उज्ज्वल हुने उनको धारणा थियो । लक्ष्मी गौतमले संचालन गरेको कार्यक्रममा स्वागत सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष अशोक भट्टराइले गरेका थिए ।
प्रत्येक साता कुनै एक विद्यालयमा गई यस प्रकारको कार्यक्रम संचालन गर्ने अवधारणा सहित शुरु भएको प्रशिक्षण कार्यक्रममा अपराध र लागू औषध सम्वन्धी इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी तिवारी, सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्वन्धी जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख सूर्यप्रकास सुवेदी, लागू औषदको प्रयोग सम्वन्धी सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष चापागाई, र सामुदायिक प्रहरी सम्वन्धी अशोक भट्टराईले सहजीकरण गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here