आर्याघाट निर्माणमा सरकारवाट सहयोग नभएको गुनासे

३० फाल्गुन २०७०, शुक्रबार मा प्रकाशित

pu
सुरुङ्गा,फागुन ३० । मानवजातीको मृत्युवरण पश्चात भौतिक शरीरको दाहसंस्कार गर्नका लागि जनस्तर वाटै कनकाइ माइको पूर्वितटमा निर्माणधिन अवस्थामा रहेको कनकाइ आर्यघाटको व्यवस्थित सञ्चालनका लागि कोटीहोम परिसरमा विहिवार एक वृहत अन्तरक्रिया सम्पन्न भएको छ ।

आर्यघाट व्यवस्थापन, भौतिक संरचना निर्माण तथा सञ्चालनार्थ सम्पन्न अन्तरक्रियामा सरोकारवाला स्थानिय, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनितिकदलका प्रतिनिधि, संस्थाका पदाधिकारी लगायत विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । संस्थाको उद्देश्यमाथि प्रकाश पार्दै घाट निर्माण समितिका अध्यक्ष प्रभाखर कडरियाले नदी नियन्त्रण तर्फ रु ३५ करोड साथै घाट निर्माण तथा वाटो लगायत अन्य संरचना निर्माण तर्फ रु १५ करोड गरी जम्मा रु ५० करोड अनुमानित वजेट आवश्यक पर्ने जानकारी गराएका थिए । निर्माणाधिन आर्याघाटका लागि हाल सम्ममा रु ८० लाख खर्च भए पनि यस्तो महान कार्यमा नेपाल सरकारवाट कुनै पनि ठोस सहयो हुन नसकेकोमा सहभागिहरुले दुःख व्यक्त गरेका थिए । अन्तरक्रियामा संस्थाका तर्फवाट सदस्य सुर्य उप्रेतीले संस्थाका भावि योजना प्रस्तुत गर्दै कनकाई घाट सम्म जाने सडकलाई पूर्णता दिने, शौचालय निर्माका लागि स्थान छनोट गर्ने, मलामीजनहरुका लागि विश्राम स्थल साथै काजक्रिया भवन निर्माण स्थलको छनोट गर्ने, कनकाई नदी नियान्त्रण तथा संरक्षण, सरसफाइलाई अभियानका रुपमा अघि बढाउदै एक दिनको कमाइ र समय समुदायका लागि भन्ने नारालाई अघि सार्दै संस्थाको योजना प्रस्तुत गरेका थिए ।
संस्थाको निर्माण समितिको अध्यक्ष कडरियाको सभापत्तिव र सदस्य सुर्य उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा झापा उद्योग वाणिज्यसंघ शाखा सुरुङ्गाका अध्यक्ष, युवराज संग्रौला, पुर्व अध्यक्ष तथा सामाजिक व्यक्तित्व रुद्र प्रुाद चिमरिया, टिकाकुमार पोखरेल, देवराज ओझा, केदार गिरी, ज्योती उप्रेती, भवानी मैनाली, भिमप्रसाद अधिकारी, श्याम कुमार पौडेल, रुद्रप्रसाद कार्की, बद्री दाहाल, राजनितिक दलका तर्फवाट नेत्रप्रसाद चिमरिया, लक्ष्मी गुरुङ्ग, टिकाप्रसाद पाठक, खेमराज कार्की, हिम्मत नेम्वाङ्ग, राजेन्द्र खालिङ्ग, जर्नादन उप्रेती लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here