संवैधानिक परिषद् बैठक स्थगन गर्न माओवादी केन्द्रको आग्रह

0
764

झापा,
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक स्थगन गर्न आग्रह गर्नुभएको छ । उहाँले आज प्रेस वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामखुसमेतले भाग नलिने जनाउनुभएकाले बैठक स्थगन गर्न आग्रह गर्नुभएको हो ।

अध्यक्ष दाहालले बैठक संवैधानिक संरचनाको गरिमामा चुनौती थप्ने मनसायका साथ हुन लागेको जनाउँदै सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यसँग अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने जनाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here