नेपाल प्रेस युनियन पाँचथरद्धारा भित्तेपात्रो विमोचन

0
946

पाँचथर, नेपाल प्रेस युनियन पाँचथरले शुभकामना तथा बधाई ज्ञापन भित्तेपात्रो विमोचन कोरोना संक्रमण विरुद्ध सरोकारवालाको भूमिका विषयक छलफल अन्र्तक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
सामाजिक सञ्जाल मार्फत सरोकारवालाहरुलाई जोड्दै उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपाल प्रेस युनियन पाँचथर शाखा अध्यक्ष जितेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा अनुशासन समिति संयोजक भिष्मराज आङ्देम्बेले नेपाल पत्रकार महासंघ जिल्ला पाँचथर,प्रदेश शाखाहरु तथा केन्द्रिय शाखाका निर्वाचित उम्मेद्धवारहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
यस्तै नव वर्ष ०७८ सालको पावन अवसरमा शुभकामना सन्देश ब्यक्त गर्दे उनले मुलुक कोभिड भेरियन्टको विषमा परिस्थितिमा रहेको हुँदा यस्तो अवस्थामा सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको भन्दै सरकारले गरेको कार्यको खण्डन गरेका थिए । उनले तहका सरकार नागरिकलाई कोभिड भेरियन्ट संक्रमण बाट बचाउन उद्धत भएर लाग्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरले नयाँ वर्ष ०७८ को अवसरमा प्रकाशन गरेको क्यालेण्डरको पार्टी केन्द्रिय सदस्य आङदेम्बेले विमोचन गरेका थिए ।
यस्तै नेपाली काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङले नव वर्ष ०७८ सालको शुभकामना सन्देश दिँदै नेपाल पत्रकार महासंघका निर्वाचित सवै उम्मेद्धवारहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष लवदेव ढुंगानाले नयाँ वर्ष ०७८ को शुभकामना ब्यक्त गर्दे निर्वाचित पत्रकार महासंघका जिल्ला,प्रदेश र केन्द्रिय कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरे ।
कोरोना बाट सुरक्षित भएर मात्रै समाचार लेख्न उनले पत्रकारहरुलाई आग्रह गर्दे अव प्रदेश सरकारको समन्वयमा सवै जिल्ला शाखाहरुमा आपत्तकालिन राहात कोष लगायतका कार्यक्रम ल्याईने बताए ।
कार्यक्रममा नेपाली काग्रेस जिल्ला उपसभापति मित्र प्रसाद काफ्ले,सचिवद्धय रुपनारायण जवेगु,वृजहाङ आङदेम्बे,सहसचिव बालकृष्ण ओझा,कोषाध्यक्ष जयकुमार ढकाल,नेपाल पत्रकार महासंघ पाँचथर अध्यक्ष लवदेव ढुंगाना,नेपाली काग्रेस सूचना,संचार तथा प्रचार विभाग केन्द्रिय सदस्य विपेन्द्र गौतम,ट्रेड युनियन काग्रेस पाँचथर अध्यक्ष एकराज भण्डारी,नेपाल प्रेस युनियन तथा पत्रकार महासंघ पाँचथर अध्यक्ष लक्ष्मी गौतमले निर्वाचित नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारी तथा कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमको समापन सत्रमा वोल्दै नेपाल प्रेस यूनियन पाँचथर अध्यक्ष जितेन्द्र भण्डारीले नयाँ वर्ष ०७८ को शुभकाना ब्यक्त गर्दे निर्वाचित पत्रकार महासंघ जिल्ला प्रदेश र केन्द्रिय कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकाना ब्यक्त गरेका छन् । नेपाल प्रेस यूनियनको निम्तोलाई स्वीकारेर उपस्थित सम्पूर्ण अतिथिहरुलाई उनले धन्यवाद ब्यक्त गर्दे आगामी दिनमा पनि यूनियनले विविध गतिविधि गर्दे अघि बढ्ने बताए ।
कोरोना संक्रमणको विषम परिस्थितिमा सवैजना संचारकर्मीहरु सुरक्षित भएर काम गर्न उनले आग्रह गरेका छन् । नेपाल प्रेस युनियन जिल्ला सचिव तथा नेपाल पत्रकार महासंघ पाँचथरका कोषाध्यक्ष सरोश शर्माले संचालन गरेको कार्यक्रममा नेपाल प्रेस युनियन शाखा पाँचथर उपाध्यक्ष,नेपाल पत्रकार महासंघ पाँचथर उपाध्यक्ष राधा लुईटेलले स्वागत गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here