गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा

0
524

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ ।
गुरुङविरुद्ध प्रदेशसभामा पेश गरिएको अविश्वास प्रस्तावमाथि सोमबार मतदान गर्ने कार्यसूची थियो ।

आफ्ना पक्षमा बहुमत नपुग्ने देखेपछि गुरुङले राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री गुरुङले दिनुभएको राजीनामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले स्वीकृत पनि गरिसक्नुभएको छ ।

त्यसअघि आइतबार नै नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here