ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउन आग्रह

0
754

झापा,
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताउनुभएको छ । बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले सरकारले अक्सिजनको अभाव हुन नदिन र महामारी नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेको जानकारी दिनुभयो ।

Hospital building, medical icon. Healthcare, hospital and medical diagnostics. Urgency and emergency services. Vector illustration in flat style

उहाँले देशभरका ठूला निजी अस्पताललाई आपत्कालीन रुपमा कोभिड अस्पताल बनाउन आग्रह गर्दै बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधिक सहयोग राज्यले गर्ने आश्वासन दिनुभयो । राज्यमन्त्री मानन्धरले अहिलेको विशेष परिस्थितिमा स्वास्थ्य क्षेत्रमा अक्सिजन अत्यावश्यक रहेको हुँदा अन्य क्षेत्रमा यसको खपत नगर्न उद्योगी तथा व्यवसायीलाई अनुरोध गर्नुभयो ।
जनमैत्री अस्पतालमा आजैदेखि ३० शय्याको कोरोना अस्पताल सञ्चालन हुन लागेको छ । केही दिनभित्र ४० शय्याको सघन उपचार कक्षसहित १२० शय्या सञ्चालनमा ल्याइने अस्पतालका निर्देशक उमेश पाण्डेले जानकारी दिनुभयो । गत वर्ष महामारीमा भदौदेखि पुससम्म कोभिड बिरामीको उपचार गरेर अस्पताल पुनः बन्द भएको थियो । पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएपछि काठमाडौँ उपत्यका र बाहिरी जिल्लाका अस्पतालमा पनि अक्सिजनको अभावमा सङ्क्रमित बिरामीले ज्यान गुमाएको खबर आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here