स्थानीयवासीको अवरोधका कारण शवदाह स्थल निर्माण स्थगित

0
1276

उमानाथ भण्डारी
कमल, कमल गाउँपालिका ३ केर्खा खोलामा निर्माणधिन शवदाह स्थलको निर्माण कार्य स्थगित भएको छ ।
कमल गाउँपालिका ३ केर्खा स्थित मुख्य कार्यलय रहेको श्री नवोदय वहुउद्देश्यीय सहकारी सस्था र कमल गाउँपालिका वडा नम्वर ३ को आर्थिक लागानीमा निर्माण हुन लागेको शवदाह स्थलको निर्माण कार्य स्थानिय वासिको अवरोधका कारण निर्माण कार्य स्थगित भएको हो ।


पुर्व पश्चिम राजमार्ग अन्तर्गत केर्खा खोलाको पुलबाट करिव करिब ५० मिटर उत्तर रतुवामाई वृक्षारोपण आयोजनाको जमिनमा निर्माण हुनलागेको शवदाह स्थल निर्माण भएमा त्याहाँ बाट प्रदुषण फैलिन सक्ने भन्दै स्थानिय वासिले निर्माणकार्यमा अवरोध गरिएको स्थानिय वासि बताउछन् ।
हामि विकास विरोधि होईनौं तर शवदाहस्थल निर्माणका बारेमा सम्बन्धित पक्षले स्थानिय वासि संग कुनै जानकारी र छलफलनै नगरी एकलौटि रुपमा निर्माण गरिएकोले हामिले तत्काल निर्माण कार्य रोकेको स्थानीय होमराज लिम्वुले बताउनु भयो।
खोला मा पानी प्रयाप्त नभएको र पानि भएपनि खोलाको पानि स्थानीय बासिले आफ्ना चौपायालाई खुवाउनका लागी प्रयोग गर्ने भएकोले बिभिन्न रोग साथै महामारी फैलिन सक्ने , शवदाहस्थल बनाइसकेपछी शव दाहकालागी दैनक जस्तो शव आउने भएकोले त्यस बाट निस्किएको धुवा अनि गन्धका कारण बाट स्थानीय बासिलाइ प्रतिकुल असरपार्ने, केर्खाबजार पुर्ब तर्फ को बजार बिस्तार गर्न समस्या हुने लगायतका माग राखेको लिम्बुले बताउनु भयो ।
लिम्वुका अनुसार कमल गाउाँपलिका र शिवसताक्षी नगरपािलकाको सिमाना कमल खोलामा शवदाहगृह निर्माण गरेमा बनाएमा स्थानिय वसिले सगहयोग गर्ने लिम्वुले बताउनु भयो ।

अहिले शवदाह स्थल निर्माण हुन लागेको ठाउमा यस भन्दा पहिले पनि फाट्टफुट्ट शवदाह हुँदैगरेको छ । व्यवस्थित शवदाह स्थल नभएका कारण शवदहन गर्न समस्या हुने र पुरै शव दहन नभएका कारण विभिन्न समस्या हुँदै आएको थियो । त्यसैलाई व्यवस्थित गर्नका लागी सहकारीको संयोजनमा वडा कार्यलय संगको सहकार्यका शवदाह स्थाल निर्माण गर्न लागीएको श्री नवोदय वहुउद्देश्यीय सहकारी सस्थाका पुर्व अध्यक्ष तथा शवदाह स्थाल निर्माण समितीका संयोजक दिलिप कुमार चापागाईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here