गोरुको मासु बेचेको आरोपमा दुई जना पक्राउ

0
594

झापा,
गोरुको मासु बेचबिखन गरेको अभियोगमा बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

?????????????????????????????????????????????????????????

उनीहरुले कोठाभित्र गोरुको मासु बेचबिखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई मासु काटिरहेको अवस्थामा १५ किलो ५ सय ग्राम गोरुको मासुसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here