युवासंघले बनाएको अग्नि पीडितको घरको चर्चा

0
911

झापा, झापाको शिवसताक्षी नगरपालिकामा नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवासंघ नेपालले स्थानीय एक अग्नि पीडितलाई घर निर्माण गरेर हस्तान्तरण गर्ने कार्य अन्तिम चरणमा पु¥याएको छ ।


इटा, ढुङ्गा, बालुवा र रडको सबैकाम निर्माण मजदुरले सकेको युवासंघ शिवसताक्षी नगर अध्यक्ष फुर्बा तामाङले बताए । उनले कोरोना सङ्क्रमणका कारण बन्दाबन्दी नभएको भए वैशाख २० गते अगावै अग्निपीडितलाई घर हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए । निषेधाज्ञाको कारण केही प्राविधिक समस्या भएकोले विलम्ब भएको अध्यक्ष तामाङले बताए का छन् ।
युवासँग शिवसताक्षी नगरले बनाउने घरको छाना र रंग रोगन मात्र बाँकी रहेको छ । सोमबार घर निर्माणस्थलमा पुगेका अध्यक्ष तामाङले अब केही दिनमा अग्निपीडितलाई घर जिम्मा लगाउने बताए ।राष्ट्रिय युवासंघ शिवसताक्षीले एक भव्य कार्यक्रमको आयोजना गरेर संविधान सभाका अध्यक्ष  सुभाषचन्द्र नेम्बाङमार्फत अग्नि पीडितलाई घर हस्तान्तरण गर्ने कार्यक्रम गरेको बताएको छ । ‘कोभिडको कारणले मुलुक नथलिएको भए यसअघि नै घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिने थियो’– राष्ट्रिय युवासंघ शिवसताक्षी नगरका अध्यक्ष तामाङले भने । शौचालय, भान्सा र चारवटा कोठासहितको घर निर्माणमा युवासंघ शिवसताक्षी नगरले करिब ६ लाख रुपैयाँ खर्च गरेको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ७ झारबारीका अग्नि पीडितको घर बनाइदिएर शिवसताक्षी नगरमा नेकपा एमालेको युवा सङ्घ नेपालले प्रशंसनीय कार्य गरेको पार्टी समेतले बताएको छ । झापाको शिवसताक्षी नगरमा युवाहरुले अग्निपीडितको घर निर्माण गरेको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय समेतमा चर्चा भएको सचिवालयका सदस्य चेतन अधिकारीले बताए ।
उनले भने– ‘अग्निपीडितको घर निर्माण कार्यमा युवासंघ लागीपरेको झापाबाट खबर आएको प्रधानमन्त्रीले पनि जानकारी राख्नु भएको छ ।’ आगोले जलेर घर खरानी भएका पीडितको घर निर्माण गरिदिने नेकपा एमालेको भातृ संगठन युवा संघ शिवसताक्षीले यसअघि घोषणा गरेको थियो । युवा संघको यो कार्यको जिल्ला, प्रदेश र केन्द्रमा चौतर्फी प्रशंसा भएको छ । गएको चैत्र २७ गते राति विद्युत् सर्ट भई स्थानीय रामबहादुर खड्काको घर आगलागीमा परेर नष्ट भएको थियो । आगलागीबाट उनको करिब २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो ।
राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीको अगुवाइमा घर निर्माण भएपछि पीडित परिवारका छिमेकी र आफन्त समेत खुशी भएका छन् । स्थानीयवासीले भने– ‘मन मिल्यो भने युवाले समाज रुपान्तरणका अनेकौं रचनात्मक कामहरु गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here