कोरोना महामारीमा जुट्न सवैलाई युवा संघ प्रदेशको आग्रह

0
842

झापा, युवा संघ नेपाल प्रदेश नं. १ ले कोरोना विश्व महामारीको दोस्रो लहर कायम नै रहेकाले संघको स्थापना दिवस आफ्नो अनुकूलताका आधारमा मनाउन सवै जिल्ला र नगर कमिटिलाई आग्रह गरेको छ ।
सवै जिल्ला र आफु अन्र्तगतका पालिकाहरुमा आवद्धले आ–आफ्नो क्षेत्रमा रक्तदान गर्न सक्ने ब्यक्तिहरुको नामावली संकलन गरी विपतको अवस्थामा तयारी रहन अपिल समेत गरेको हो । संघले जेठ १ गते आफ्नो अनुकूलतामा स्थापना दिवस मनाउने निर्णय गरेको छ ।
कोभिड १९ को महामारीमा गरिवी, असक्त, असाय, मजदुरी गरी जिविकोपार्जन गर्ने साथै कोरोना संक्रमित ब्यक्तिहरुलाई आइपर्ने अक्सिजन तथा खाद्य सामाग्रीहरुको अभावलाई मध्येनजर गर्दै पूर्व तयारीमा जुट्न संघले सवैलाई आव्हान गरेको छ ।
यस्तो अवस्थामा हुने कालोवजारी, मूल्यवृद्धि, भष्ट्राचार जस्ता जघन्य अपराधिक क्रियाकलाप हुन नदिन साथै त्यस्तो जानकारी भएमा सम्बन्धित नियकामा जानकारी दिन संघका प्रदेश नं. १ अध्यक्ष प्रत्युस रानाले विशेष सर्कुलर जारी गर्दै सवैमा आग्रह गरेका हुन् ।
कोरोना विश्व महामारीलाई मध्यनजर गर्दै संघले देशभर १० हजार युवा परिचालन गर्ने केन्द्रको निर्देशन अनुसार प्रत्येक जिल्ला आफ्नो अनुकूलताको आधारमा परिचालन कमिटि गठन गरी स्थानीय तहसम्म पनि सोहि कार्य सम्पादन तथा संगठनलाई चलायमान बनाउनका लागि प्रदेश समितिले विभागिय जिम्मेवारी समेत तोकेको छ ।
संघका प्रदेश सचिव सन्दिप राईलाई संगठन विभाग प्रमुख, केन्द्रिय स्थायी कमिटि सदस्य भाईचुङ लामालाई प्रचारप्रसार विभाग, प्रदेश नं.१ कोभिड व्यवस्थापन तथा स्वयम सेवक समन्यवय समितिमा प्रेमराज भारती संयोजक, सह–संयोजकमा राजेन्द्र राई र नविन इजम, सदस्यमा सुरेन शाक्य, खेमराज पौडेल, राजेन्द्र राई, सुमन कार्की र प्रदेश १ का १४ वटै जिल्लाका अध्यक्षलाई जिम्मेवारी तोकेको भाइजुङ लामाले जानकारी दिए ।
संघका सवै जिल्ला र आफु अन्र्तगतका पालिकामा आवद्ध कमिटिका सदस्यहरुले नेपाल सरकारले तोकेका स्वास्थ्यका मापदण्ड पालना गर्दै स्थापना दिवस मनाउन आग्रह समेत गरेको छ ।
भर्चुअल कार्यक्रमको प्रदेश नं. १ अध्यक्ष रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय अध्यक्ष नरेश शाहिको प्रमुख आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here