नारी तिमी

0
1153

 

 

 

 

 

बसन्ता गौतम कोइराला

जब जब मान्छे गल्न थाल्छ
अतालिएर ढल्न थाल्छ
याद आँउछ ती नारीको
जसले रातदिन नभनेर
खटिरहन्छिन् ।
उनकै सेवामा डटिरहन्छिन् निरन्तर
आफ्नो काँखे बालक घरमा रोइरहेको हुन्छ
तर उनि अहोरात्र तमाम बालककी आमा बनिरहेकी हुन्छिन्
आँशु लुकाएर ,पीडा घुटुक्क निलेर
छट्पटिएका ,रोइरहेका सबैको मल्हम बनिदिन्छन् ,
शीतलता छरिदिन्छिन् ।
माथ तिनको पनि दुखेको हुन्छ
तर सिटामोल उनलाई दिन्छिन्
आँफूलाई गाह्रो जति भए पनि
सहारा बनिदिन्छिन् ।
सम्मान छ तिमीलाई
हे नारी
नभन्नुस् उनलाई कर्तव्य विमुख भइन् भनेर
नभन्नुस् उनलाई झर्किन् तर्किन् भनेर
हो र्औलामा गन्न मिल्ने कोही त्यस्ता पनि होलान् ,
कर्मको फल अवस्य आँशुले धोलान् ।
जीवनको माया तिमीलाई पनि त होला
समय सापेक्ष आँउने कहरको डर तिमीलाई पनि त होला
तर,तर पनि
कहिले आँमा बनिदिन्छ्यौ त कहिले दिदी
कहिले साथी बनिदिन्छ्यौ त कहिले बहिनी
तिम्रो आँगमनले आशाको सञ्चार हुन्छ
तिम्रो स्पर्शले ममताको आँभास हुन्छ।
तिमी दुर्गा ,तिमी देवी ,
सम्मान छ तिमीलाई
हे नारी
सधैँ यसरी नै खटिरहनु,
कर्तव्यनिष्ठ भइ डटिरहनु ।
तिम्रो मुल्याङ्कन अरुले गरुन् नगरुन्
हाँसेको आँमाको आँत्माले अवस्य गर्ने छ
तिम्रो सेवाले नाँचेको बालको मनले गर्ने छ
ती मनहरुले अवस्य गर्ने छन् ।
जसलाई तिमी अमृतत्व बनिदियौ
जसलाई तिमी जिन्दगीको महत्व बनिदियौ
सम्मान छ तिमीलाई
हे नारी
मेरो हृदयदेखि नै सम्मान छ तिमीलाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here