सबै मिली कोरोनाको विरुद्धमा लागौं , कोहि नभागौ ।।

0
771
रमेश पोखरेल

संविधान भन्दा माथि शासक भए देशमा ।
प्रमाणित भै सकेको विघटनको केसमा ।।
पार्टी भन्दा सांसद माथि भए हाम्रो देशमा ।
प्रमाणित भै सक्यो है बिश्वासको मतको केसमा ।।
प्रदेश भन्दा माथि भए प्रदेश सांसद देशमा ।
प्रमाणित भै सक्यो है कर्णालीको फ्लोर क्रसमा ।
पार्टी भन्दा माथि छु म भन्दै हिडे सांसद देशमा ।
प्रमाणित हुन लाग्यो गण्डकीको केसमा ।।
गन्नु पर्ने बेला थियो अक्सिजनको थान ।
रातदिन गनि रा छ्न् सांसदको थान ।।
देशमा चुनाव अब कहिले हुदैन नि जस्तो ।
चुनाव भनि गाउंमा आउदा बोली होला कस्तो ।।
सबै मिली कोरोनाको विरुद्धमा लागौं ।
सरकार भित्र सरकार बाहिर भनि कोहि नभागौ ।।
ईति।। २९ बैशाख २०७८
पोखरेल भद्रपुर जेसीजका पूर्व अध्यक्ष तथा लेखापढी व्यवसायी संघ झापाका पूर्व अध्यक्ष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here