स्वाब लिने ठाउँबाटै संक्रमण फैलिने खतरा बढ्यो

0
727

पार्थ मण्डल

झापा, नयाँ भेरिऐन्टको कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएका मानिसलाई पनि संक्रमण पुष्टि भइरहेको पाइएको छ । संक्रमित भएका साथीभाइ वा आफन्तजनसँग घुलमिल गरेका वा अन्य काम प्रयोजनका लागि जानु पर्ने मानिसले कोरोनाको पीसीआर र ऐन्टिजेन परीक्षण गराउँदा झापामा धमाधम संक्रमण पुष्टि हुन थालेको पाइएको हो ।

लक्षण नदेखिएका मानिसमा पनि कोरोना संक्रमण पुष्टि हुन थालेपछि जिल्लामा सङ्ख्या ह्वातै बढेको छ । सङ्ख्या बढेसँगै जिल्लावासी त्रसित बनेका छन् । मेची अञ्चल अस्पताल भद्रपुर र कोटिहोम पिसीआर प्रयोगशाला कनकाईमा संक्रमण जाँचका लागि गएका अधिकांश मानिसमा संक्रमण देखिन थालिएको स्वमय लक्षण नदेखिएका सङ्क्रमितहरूले बताउन थालेका छन् ।

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उप अनुसन्धान निरीक्षक तिलक शर्मा प्रसाईँलाई मङ्गलवार कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लास्तरीय कोभिड( १९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० का सदस्य समेत रहेका उप अनुसन्धान निरीक्षक प्रसाईँमा नयाँ भेरिऐन्टको कोरोना संक्रमणको कुनै लक्षण देखिएको छैन । उनी घर बिदा जानु अघि मेची अस्पतालमा गएर पिसीआर परीक्षण गराएका थिए । अस्पतालमा गराएको पिसीआर रिपोर्ट पोजेटिभ आएपछि उनी आफै छक्क परेका छन् । ‘घर जानलाई पिसीआर परीक्षण गराउन खोजेका थियौँ, तर रिपोर्ट पोजेटिभ आएपछि अहिले कार्यालयको होम आइसोलेसनमा बसेको छु,’ उनले भने, ‘मलाई संक्रमणको कुनै लक्षण देखिएको छैन, तर सतर्कता अपनाउन एकान्तमा बसेको छु ।’ ‘मैले कोभिडको दुई वटा खोप पनि लगाएका छु, तर पनि संक्रमण देखियो, उनले भने ।’

खोप लगाएको व्यक्तिमा पनि संक्रमण देखिएकोले यसबाट जोगिन सबैले स्वास्थ्य मापदण्डको पालना आवश्यक देखिएको उनको भनाई छ । त्यस्तै संक्रमण पुष्टि भएका लक्ष्मण कट्टेललाई पनि कुनै लक्षण देखिएको छैन । गुप्तचर डटकमका सञ्चालक समेत रहेका कट्टेलको अफिसमा कार्यरत पत्रकारलाई संक्रमणको लक्षण देखिएपछि उनीसहित तीन जना मेची अस्पताल गएर पिसीआर परीक्षण गराएका थिए । तीनै जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए । ‘डटकमका सम्पादकलाई मात्र लक्षण देखिएको थियो, म र अर्को साथीलाई कुनै लक्षण देखिएको थिएन र छैन पनि, तर पनि रिपोर्ट पोजेटिभ आयो, उनले भने ।’

त्यस्तै बाह्दशी जेसीसका अध्यक्ष विगम श्रेष्ठलाई पनि संक्रमणको कुनै लक्षण देखिएको छैन । तर पनि उनको रिपोर्ट पोजेटिभ आएको छ । पत्रकार महासंघ झापाका सदस्य समेत रहेका श्रेष्ठ मङ्गलवार मेची अस्पतालमा पिसीआर परीक्षणका लागि गएका थिए ।

‘बुधवार रिपोर्ट आउँदा पोजेटिभ आयो,’ उनले भने, ‘काम विशेषले दुई दिन बाहिर बसेकाले मैले संक्रमण जाँच गराएको हो, अहिले घरमै छु, संक्रमणको कुनै लक्षण देखिएको छैन ।’

लक्षण नदेखिएका बिरामी बारे यस्तो भन्छन् चिकित्सक

पछिल्लो पटक लक्षण नदेखिएका व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि हुन थालेपछि सबैका लागि यो चासोको विषय बनेको छ । ‘लक्षण नदेखिएका व्यक्तिको पिसीआर रिपोर्ट पोजेटिभ आउन सक्छ, यसलाई अन्यथा मान्नु हुँदैन,’ मेची अञ्चल अस्पतालमा मेसु डा। पीताम्बर ठाकुरले भने, ‘रिपोर्ट पोजेटिभ आएका व्यक्तिमा पहिला कोरोना भाइरस सम्बन्धी कुनै न कुनै लक्षण देखिएको हुन सक्छ, तर उसले त्यो कुरालाई याद गरेको हुँदैन ।’ ‘पछि जब ती व्यक्ति स्वास्थ्य अवस्थामै काम विशेष वा संक्रमित व्यक्तिसँग सङ्गतपछि पिसीआर जाँच गराउन आउँछ, अनि ती व्यक्तिको शरीर भित्र रहेको सिटी अथवा ’साइकल थ्रेसहोल्ड’ को भ्यालु ९अङ्क० देखिन्छ, अनि रिपोर्ट पोजेटिभ आउँछ,’ डा। ठाकुरले भने ।’

डब्लुएचओका अनुसार ३५ देखि मुनि सिटी भ्यालु देखिएका व्यक्तिको रिपोर्ट कोरोना पोजेटिभ दिने मान्यता छ । लक्षण नै नदेखिएका व्यक्तिको पिसीआर रिपोर्ट पोजेटिभ आयो, प्रयोगशालाको मेसिन बिग्रियो वा लापरबाही भयो जस्तो भ्रममा नपर्ने सबैलाई डा। ठाकुरले आग्रह समेत गरेका छन् ।

मेचीमा परीक्षण गराउन आउने व्यक्तिको पिसीआर रिपोर्टमा सिटी भ्यालु ३५ देखि ७ सम्मको आइरहेको छ । सिटी भ्यालुको अङ्क जति बढी भयो त्यति नै भाइरसको भार कम, लक्षण र सङ्क्रामक कम हुने अनुमान गरिन्छ । जति अङ्क कम भयो त्यति नै भाइरसको असर शरीरलाई गर्छ ।

स्वाब लिने ठाउँबाटै संक्रमण सर्ने खतरा बढ्यो

मेची अञ्चल अस्पताल भद्रपुरमा पिसीआर परीक्षण लागि मात्रै दिनमा सय भन्दा बढी मान्छेको भेला हुने गरेको छ । एउटै लाइनमा बसेर पीसीआरको स्वाब दिँदा त्यहीबाटै संक्रमण फैलिने खतरा बढेको स्थानीयले बताएका छन् ।

पीसीआरको स्वाब दिन अस्पताल पुगेका मान्छेले नै सामाजिक दुरीको पालना नगर्दा त्यहाँबाटै संक्रमण फैलिन खतरा बढेको बाह्रदशी जेसीजका अध्यक्ष विगम श्रेष्ठको भनाई छ । ‘स्वाब दिन पुगेकाहरू एक अर्कोसँग टाँसिएर लाइनमा बसेका थिए,’ उनले भने, मैले नै कति पटक उनीहरूलाई सामाजिक दुरीको पालना गरी लाइनमा बस्नुहोस् भनेर सम्झाउनु पर्‍यो ।’ ‘त्यहाँ संक्रमित भएका वा नभएका दुवै व्यक्ति एउटै लाइनमा बसेर स्वाब दिइरहेको हुन्छ, संक्रमित व्यक्तिबाट नभएका व्यक्तिलाई स्वाब दिनु अघि नै कोरोना सर्ने अवस्था देखियो, उनले भने ।’

यता मेची अञ्चल अस्पतालका मेसु पीताम्बर ठाकुरका अनुसार स्वाब दिन आएकालाई सामाजिक दुरी पालना गरी बस्नु चिकित्सकहरूले पटक पटक आग्रह गरिरहेको बताए । चिकित्सक तथा अस्पतालका कर्मचारीको कुरा नसुन्दा पनि अस्पताल प्रशासनलाई समस्या भइरहेको बताउँदै उनले भने, ‘पिसीआर परीक्षण गराउने आउनेका सङ्ख्या दिनहुँ बढिरहेकोले पनि यसलाई व्यवस्थित गर्न सकेका छैनौँ, त्यही पनि हामी स्वाब लिने ठाउँमा डोरीको वार र गोलो घेरा बनाएका छौँ, यसको पालना स्वमय व्यक्तिले गर्नुपर्ने हुन्छ ।’ मेचीमा पछिल्लो एक साताको पीसीआर रिपोर्टको तथ्याङ्क हेर्दा स्वाब लिएकामध्ये ७० देखि ८० प्रतिशतसम्मको रिपोर्ट पोजेटिभ आउन थालेको अस्पताल प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here