एमाले विवाद सुल्झाउन ९ सदस्यीय कार्यदल गठन

0
1147

झापा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित नेकपा माओवादी केन्द्रले निर्णायक बैठक बोलाएर सरकार गठनको दावीबाट पछि हटेसंगै केपी शर्मा ओली नेतृत्वमा नै पुनः सरकार बन्ने भएको छ ।

बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार राति ९ बजे सकिएको हो । योसँगै अब एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पुनस्ः सरकार बन्न लागेको हो । राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको बताएका छन् ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नपाएपछि वैकल्पिक सरकार गठनको दावी गर्दै राष्ट्रपति समक्ष दावी प्रस्तुत गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र उपेन्द्र यादव नेतृत्वको जसपा तत्काल पछि सरेका हुन्।

एमाले अध्यक्ष ओली र एमालेको असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालबीच वार्ता भएपछि नेपालसम्बद्ध सांसदहरुले पूर्व घोषित कार्यक्रम अनुसार आज दिने भनिएको राजीनामा नदिने भएका थिए।

त्यसअघि बिहीबार नै जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पनि देउवालाई भेटी सरकार गठनमा साथ दिन नसक्ने भनेर पन्छिएका थिए। यी घटनाक्रमसँगै देउवा – प्रचण्ड सरकार गठनको दावी नगर्ने निष्कर्षमा पुगेका हुन् ।

बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ दुई निलम्बित र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।

३२ दुई निलम्बित सांसदको समर्थन रहेको जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमा नेता महन्थ र यादव गुट बीच विवाद रहेकाले कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पछि हट्न बाध्य भएका हुन् ।

सरकार गठनमा बहुमत पुर्‍याउन कांग्रेस र माओवादी केन्द्रले माधवकुमार नेपाल पक्षका नेकपा एमाले सांसदको राजीनामा आशा गरेका थिए । तर प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो छलफल भएपछि नेपाल पक्षले तत्काल राजीनामा नदिने भए ।

यसैबीच नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन गरिएको छ।

जसमा ओली पक्षबाट अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता सुवास नेम्वाङ सदस्य छन् भने खनाल–नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट समावेश रहेका नेता विष्टले जानकारी दिए।

उनका अनुसार कार्यदलमा पछि दुई जना पछि थप्ने पनि सहमति भएको छ

आजै बूढानीलकण्ठमा भएको भेट वार्तामा नेता माधव नेपाल र प्रधानमन्त्री ओलीबीच चार घण्टा छलफल भएको थियो। छलफलपछि बाहिरिँदै नेता नेपालले आफूहरुको राजीनामा तत्काललाई टरेको बताएका थिए।

नेपाल समूहको राजीनामा रोकिएसँगै बहुमतसहितको नयाँ सरकार गठनको सम्भावना पनि टरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here