आज इद’ मनाइँदै

0
549

झापा,ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आर्ज अर्थात शुक्रबार धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ ।

यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा उपावास बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

k|fy{gf ub}{ cg’ofoLKff]v/f, !! h]7 . O{Znfd wdf{jnDaLsf] Ps dlxgf nfdf] /dhfgsf] clGtd lbg cfOtaf/ 3/d} a;]/ k|fy{gf ub}{ cg’ofoL . pgLx? ;f]daf/ Ob pn lkmq dgfpFb} 5g . t:jL/M /flwsf sF8]n÷/f;;

दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान ब्रतको आज अन्तिम साँझ मुसलमानले चन्द्रमा हेर्न आकाश तिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ । नेपाली जामे मस्जिद काठमाडौंले बुधबार विज्ञप्ति जारी गरी आज नेपालको कुनै भाग र छिमेकी राष्ट्रहरूबाट पनि चन्द्रमा नदेखिएकोले ‘इद’ शुक्रबार मनाउन सूचना जारी गरेको थियो ।

खाडी मुलुकमा आज ‘इद’ धुमधामसँग मनाएको छ ती देशहरूमा नेपालको भन्दा एक दिन अगाडि चन्द्रमा हेर्न पाउँछन् । साउदी अरबको जेद्धामा नेश्नल बिस्कुट उद्योगमा काम गर्ने नेपाली युवा मोहम्मद कादिरले आज बिहान हामी कोरोना महामारीको सङ्घारमा मास्क लगाएर एक मिटरको दूरी कायम गरेर अल्लाहको प्रार्थाना गरे र नेपालमा पनि यो महामारीबाट बच्न र बचाउन स्वास्थ्य आचार संहिता पालना गरेर इद उल फित्तर मनाउन आग्रह गरेका छन् । यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here