बुधबारे जेसीजद्वारा इलाका प्रहरी कार्यालय बुधबारेका सुरक्षाकर्मीलाई मास्क सेनिटाइजर प्रदान

0
872

 

बुधबारे, बुधबारे जेसीजले कोरोना कहरका बिच शान्ति सुरक्षामा खटिने प्रहरीलाई आज मास्क सेनिटाइजर प्रदान गरेको छ ।

‘जेसीजको मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै

दिनरात जनताको काममा खटिने प्रहरीलाई स्वास्थ्य सर्तकता अपनाउन ती सामग्री प्रदान गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् ।

बुधबारे जेसीजका कोषाध्यक्ष मुकेश भट्टराईको संयोजकत्वमा मास्क सेनिटाइजर प्रदान गर्ने कार्यक्रम गरिएको बुधबारे जेसीजका महासचिव सुजित बरालले बताएका छन् । कार्यक्रम संयोजक भट्टराईले इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख निराजन कटवाललाई ती सामग्री प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here