पाँच स्थानीय तहमा परिचयपत्र विवरण सङ्कलन सम्पन्न

0
946

ताप्लेजुङ,
जिल्लाको पाँच स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सम्पन्न भएको छ । गत वैशाख पहिलो हप्तादेखि सङ्कलन शुरुआत भएको थियो ।

फुङ्लिङ नगरपालिका, फक्ताङलुङ, आठराईत्रिवेणी , मैवाखोला र मेरिङदेन गाउँपालिकामा २४ हजार २०४ ले विवरण सङकलन भएको हो । जिल्ला प्रशासन कार्यालयका अधिकृत सूर्यप्रसाद दाहालले कोरोनाका जोखिम वृद्धिभएपछि विवरण सङ्कलन रोकिएको जानकारी दिनुभयो । पाथीभरायाङवरक,सिरिजंघा,मिक्वाखो र सिदिङवा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण सङकलन बाँकी रहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here