घाउमा मलम लगाउदै एनएमसी

0
703

केशब चापागाईं
शरणामती,
प्रधान कार्यालय झापाको काँकड्भिट्टामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड९एन।एम।सी० को झापा गाउँपालिकामा रहेका साखाले आफ्ना सेयर सदस्यहरुलाई यस आर्थिक वर्षमा समेत विभिन्न आर्थिक सहायता गरेका छन।सदस्य तथा सदस्यका परिवारलाई उपचार राहत,दुर्घटना राहत,मृत्यु राहत,आगलागीमा परेकालाई समेत आर्थिक सहायता गरेर यस आर्थिक वर्षमा कुल ४ लाख ४५ हजार रुपैयाँ रकम सहयोग गरेको हो।

एनएमसीको शरणामती साखा र झापा बजार साखाबाट उक्त सहयोग रकम प्रदान गरिएको हो।झापा बजार साखाले धर्नीधर चौधरीको मृत्यु भएपछी अर्थिक सहायता स्वरुप परिवारलाई ५० हजार मृत्यु राहत सहयोग गरेको साखा प्रमुख देविन्द्र कार्कीले कनकाई अनलाइनलाई बताए।त्यस्तै साखाले आगलागी पिडित सरस्वती खड्कालाई समेत १० हजार आर्थिक सहायता गरेको र सीता देवी प्रसाईलाई २५ हजार मृत्यु राहत रकम प्रदान गरेको कार्कीले बताए।

कार्कीका अनुसार शरणामती साखाले रेवत बहादुर भण्डारी क्षेत्रीलाई उपचार राहत २५ हजार,मोहन प्रसाद गणेशलाई दुर्घटना राहत १० हजार,त्यस्तै मृत्यु राहतहरु प्रदिप लम्सालको परिवारलाई ७५ हजार,उमानाथ सेडाईं को परिवारलाई ५० हजार र धनपती रिजाल को परिवारलाई ७५ हजार आर्थिक सहायता रकम प्रदान गरेको छ।त्यस्तै साखाले अन्य तिन मृतकका परिवारलाई १ लाख २५ हजार आर्थिक सहयता रकम प्रदान गरेको छ।यस आर्थिक वर्षको सहायता असार मसान्त सम्म निरन्तर चलिरहने समेत उनले जानकारी दिए।

मृतकका परिवारको पिडालाई कम गर्न नसकेपनी साखाले केही मलम अवस्य लगाउन सकिन्छ भन्ने अभिप्रायले आर्थिक सहायता गर्ने गरेको कार्कीले बताए।झापा गाउँपालिकामा एन।एम।सीका कुल ३८४९ सदस्य रहेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here