
ऋषि शान्तिप्रिय
अघिल्लो दिनको बुढाबुढीको सल्लाह अनुरुप अलि चाँडै अफिसबाट निस्किएँ । घर आइपुग्दा रुक्मिणीको घुर्क्याईं शुरु भै हाल्यो । भाइको विहे छ, किनमेलका लागि एक दिन त छुट्याउनु पर्यो रे । एक दिन छुट्टि लिनै पर्छ भनेर जिद्दि गरिन् ।
मेरो आफ्नै खाले समस्या छन् । मेरो के भन्नु, अफिसको भनौ न । जुन अफिसमा सरुवा भए पनि मलाई सँधै कामले नै गाँजेको हुन्छ । मैले धेरै बेर सोचें । जागिर त दोस्रो कुरा हो – पहिलो त परिवार नै हो । भैगो, अफिसमा कामको चटारो नै भए पनि शुक्रबार चैं छुट्टि बस्नु पर्यो । संसार हारे पनि परिवार जित्नु भन्छन् । स्वीकार गरिदिएँ ।
के के किन्नु पर्छ र ? सोधें ।
विहेमा लगाउने लुगा कपडा, गहना, नानीहरुलाई लुगा कपडा, हजुरको सुट छैन । अनि ।
घरमा नभएर नै हो कि, सबै कुरा किन किन्नु पर्यो रु तिमी एउटा सारी किन । नानीहरुलाई जामा सामा एसो फेसन बिचार गरेर किनौला, भैगो नि १ कति नै बेर पो लाग्ला र बरु चाँडै किनमेल सिद्धिए म एक छिन त्यतैबाट अफिस पस्छु र केही काम गर्छु । रुक्मिणीको कुरालाई बिचैमा रोकेर मैले आफ्नो कुरा भनिहालें ।
– त्यसो भनेर हुन्छ १ सधै काम काम, घर परिवारलाई चैं समय दिनु पर्दैन ? पुरा वर्षमा तपाईले एक दिन पनि छुट्टि लिनु हुदैन ? , उनको तीखो प्रश्न थियो ।
– मैले त्यसो कहाँ भने त रु हाम्रो काम चाँडै सकिए समयको सदुपयोग गरौंला पो भनेको ।
– लु भो भो, मैले बुझें । जागिर त मैले पनि खाएकै हो । छुट्टि नै लिए पछि एक दिन त टेन्सन नलिई बस्नु पर्छ । रुक्मिणीले कुरा साफ गरिन् ।
– भनें त शुक्रबार पुरै छुट्टी भनेर । अनि बिहे चै के बार पो अरेर ?
– १७ गते चै हो । के बार पर्छ । भन्दै रुक्मिणी उठिन् र क्यालेण्डर हेर्दै भनिन् – सोमबार रैछ ।
मलाई भने अर्को एक दिन पनि थप छुट्टि मिलाउनु पर्ने भो भनेर छटपटि भयो । जे होस शुक्रबार छुट्टि बसी बुढीलाई लिएर सपिङ जानु पर्ने भयो ।
सम्झें – किनमेल त एक्लै पनि गर्न त सकिन्थ्यो होला तर पनि बिहे भएका स्वास्नी मानिसहरुलाई बुढासँग हिड्दा गौरबै लाग्दो हो । अनि मलाई नि ?
मलाई साँच्चै भन्ने हो भने कुनै कुरामा गौरब लाग्छ वा लाग्दैन आँफैलाई थाहा छैन । किन हो मलाई साना तिना दुःखले दुःख दिन छोडेका छन् अनि निकै ठूला सुखले भनी मलाई खुसी दिन छोडेका छन् । के म यन्त्र हुदैछु ? कि मैले जिन्दगी जिउने कला सिक्नै पाइन र? आफ्नै अपहिचानप्रति म आँफै छक्क पर्छु ।
मलाई साँच्चै भन्ने हो भने कुनै कुरामा गौरब लाग्छ वा लाग्दैन आँफैलाई थाहा छैन । किन हो मलाई साना तिना दुःखले दुःख दिन छोडेका छन् अनि निकै ठूला सुखले भनी मलाई खुसी दिन छोडेका छन् । के म यन्त्र हुदैछु ? कि मैले जिन्दगी जिउने कला सिक्नै पाइन र? आफ्नै अपहिचानप्रति म आँफै छक्क पर्छु ।
– बरु भ्याइयो भने बिहे घरमा के तयारी गर्दैछन् , पुग्नु पर्छ । उनीहरुको सपिङमा पनि जान भ्याइएन । कान्छो गुनासो गर्दैथ्यो । आफ्नो भाइको विहेमा पनि समय ननिकाल्ने दिदी कस्ती होस पो भन्छ त मलाई । रुक्मिणीले पनि आफ्नो विवशता बताइन् ।
– जाँऔला नि भ्याएसम्म । जानु पर्ने त हो नि ? तिमी पनि उस्तै त भयौ, माइतिघरमा बिहे छ, जानु छैन । समय निकाल्नु छैन । जागिरले नै खायो तिमीलाई पनि । – मैले ढाडस दिदै भनें ।
बुढा बुढीको अब कुरा मिलिसकेको थियो । छोरीहरु पनि स्कूलबाट आइपुगे । घरमा होहल्ला र रमाइलो शुरु भयो । यसै बिचमा चिया खाजा आदिसँगै विभिन्न कुराकानी, बिहेकै सल्लाह के के किन्नै पर्ने छ, के के चाँही नकिन्दा पनि हुन्छ आदि छलफल भए । छोरीहरुले आफ्नो माग राखे । मामाको विहेमा शनिबारदेखि नै जाने, आइतबारदेखि मंगलबारसम्म स्कूलमा छुट्टी माग्ने लगायतका बाल योजनाहरु सुनाए । उनीहरुमा पनि निकै ठूलो उत्साह भरिएको थियो । छोरीहरुको खुसी पनि मामाको विहेले चुलीमै पुर्याइदिएको थियो । अन्त्यमा पैसाको कुरा भयो कति चै खर्च हुन्छ, अनि आफूसँग कति छ भनेर चर्चा भयो ।
रुक्मिणीको खातामा पैसा छैन अरे । बैंकको किस्ता, बिजुली, पानीको बिल, पसलको बाँकी सबै सबै गर्दा उनको अब तलब नआइ पैसा छैन अरे । अनि मेरो रु मेरो खातामा केही होला भन्ने थियो । मोबाइल बैंकको एप्लिकेसन खोलेर हेरें ( जम्मा तीस हजार त रहेछ । अघिको लिष्ट, लुगा फाटो, सारी गहना सुट नानीहरुको लुगा आदि सबै सम्झदा आधा त के एक छेउ पनि नपुग्ने जस्तो भयो । कसैसित सापट मागौं भने पनि कोसँग माग्ने, फेरि कुनै दिन तिर्नै पर्छ । एक किसिमको तनाब भयो । दुबैले जागिर खाने कमाउने नै भएकोले यतिबेलाको पैसाको अभाव चै हामीले बिना छलफल महशुस गर्यौ । दुबैले नबोलेरै धेरै बेर सोच्यौं ।
साँझको खाना खाइसकेपछि मैले निर्मलालाई सम्झिएँ । निर्मलालाई कोठा बन्दोबस्त गर्दा मैलै चालीस हजार खर्च गरेको थिएँ । ऊ काठमाण्डुमा सेटल भएको पनि झण्डै छ महिना भैसकेको थियो । केही जम्मा पारी कि १ भने
– निर्मलाले दिन्थी कि र?
– के दिन सक्थी, हिजो मात्र भेट भएको थियो । दुई जना छोरीहरुको स्कूलको खर्च, खाना, कोठा भाडा, सानो नानी, बच्चाको औषधी अनि एउटा स्कूलको टिचरको जागिर । कमसे कम केटाहरु भए बिहान बेलुकी ट्युसन पढाउथे, के गर्थे, अलिअलि एक्स्ट्रा कमाइ भए पछि बचाउथे होला, उसको लागि त्यो सम्भव छैन । धन्न काखमा बच्चा लिएरै भए पनि १० देखि ४ सम्म स्कूल पढाएर आफ्नो खुट्टामा उभिएकी छ ।– रुक्मिणीले निर्मलाको हालत बताएपछि मेरो पैसा नउठ्ने भयो भनेर पक्का भयो । रुक्मिणी थप भन्दै थिई
– बरु हामी सबैलाई एक दिन बोलाएकी छ । खाना खाने गरी । हामीसँग साह्रै अनुगृहित छ ऊ ।
निर्मलाले आफ्नै पति र सासु ससुराबाट तिरस्कृत भएर काठमाण्डुमा हाम्रो शरण पर्न आए पछि हामीले नै उसको लागि आवश्यक प्रबन्ध गरेका थियौ । हामी पनि दुबै जागिरे भएको र – एकखालको जीवनयापन चलेकै छू भन्ने आफूले ठानेकोले आफुलाई निरिह सम्झनु परेको थिएन । असहायहरु सबैलाई त सहयोग गर्न सम्भव थिएन तथापि कुनै दिन मेरो दैनन्दिन निर्मलासँग जोडिएको र महिलाहिंसाको शिकार भएकी निर्मलाको कथाले रुक्मिणीलाई भित्रैदेखि छोएकोले हामीले ऊ प्रति त्यति सदासयता देखाएका हौं । निर्माला पनि यति सहयोगको सुनिश्चतता ठानेर नै हामीकहाँ, विशेष मसँग पुनः ठोक्किएकी हो ।
बेलुका ओच्छ्यानमा पल्टिएर फेसबुक खोलेर हेरैं । शुरुमै निर्मलाको फोटोमा आँखा पर्यो । आकर्षक फोटो राखेको रहेछ । दुइटी छोरीहरुको साथमा । मैले त निर्मलालाई त्यही पुल्चोक इन्जिनियरिङ क्याम्पसकी निर्मला देंखें । म आफ्नो बिगत र निर्मलासँग बस्न नसकेको घरबार सम्झेर केहीबेर टोलाएँ । निकै नोस्टाल्जिक भएछु । गरगहना पनि धेरै लगाइएको, सोह्रशृङ्गार गरी आफूलाई निक्कै नै सजाएर कुनै स्टाफको विहेमा गएकी रहिछ ।
बेलुका ओच्छ्यानमा पल्टिएर फेसबुक खोलेर हेरैं । शुरुमै निर्मलाको फोटोमा आँखा पर्यो । आकर्षक फोटो राखेको रहेछ । दुइटी छोरीहरुको साथमा । मैले त निर्मलालाई त्यही पुल्चोक इन्जिनियरिङ क्याम्पसकी निर्मला देंखें । म आफ्नो बिगत र निर्मलासँग बस्न नसकेको घरबार सम्झेर केहीबेर टोलाएँ । निकै नोस्टाल्जिक भएछु । गरगहना पनि धेरै लगाइएको, सोह्रशृङ्गार गरी आफूलाई निक्कै नै सजाएर कुनै स्टाफको विहेमा गएकी रहिछ । भने
– गहानाको बन्दोबस्त भयो प्यारी, किनेको हो कि मागेको, कस्ले चिन्छ रु हामी जत्तिको मान्छेले लगाएपछि मागेको पनि किनेको नै ठान्छ दुनियाँले
रुक्मिणीले कुरा नबुझेर मतर्फ फर्किएपछि उनलाई निर्मलाको फोटो देखाएँ । निर्मलासँग सुनको राम्रो गहनाको सेट रहेछ भन्ने पक्का भयो । बुढाबुढीको सल्लाह मिलिहाल्यो ।
भोलि बिहान निर्मलालाई साँझको खाना खान आउने भन्ने खबर गरिन् रुक्मिणीले ।
साँझ खाना खाना गयौं सबैजना । रुक्मिणी र निर्मलाले धेरै बेर गफ गाफ गरे । उनीहरु मिल्ने साथी भैसकेका थिए । यस बिचमा छोरीहरुको पनि केमेष्ट्री मिल्न थालेको थियो । रुक्मिणीले खुसुक्क गरगहनाको कुरा गरिन् । गहना पोको पारिन् अनि हामी खाना खाएर आफ्नो घर फर्कियौ ।
किनमेलका लागि बजार जानु थियो । गयौं । सुन किन्नै नपर्ने भयो । अजिङ्गरको आहारा दैबले जुराएकै थियो । बाँकी कुराहरु पुर्व निर्धारित खरिद कार्य सम्पन्न भयो । मैले एउटा रेडिमेड कोट किनें । रुक्मिणीलाई नयाँ डिजाइनको पार्टि सारी किनिदिएँ । बुढी मक्ख परी ।
शुक्रबार पुर्वनिर्धारित हामी दुबैले छुट्टि लियौ । किनमेलका लागि बजार जानु थियो । गयौं । सुन किन्नै नपर्ने भयो । अजिङ्गरको आहारा दैबले जुराएकै थियो । बाँकी कुराहरु पुर्व निर्धारित खरिद कार्य सम्पन्न भयो । मैले एउटा रेडिमेड कोट किनें । रुक्मिणीलाई नयाँ डिजाइनको पार्टि सारी किनिदिएँ । बुढी मक्ख परी ।
बिहेमा जान नयाँ पोशाकमा सजिएर गहना पनि लगाइसकेपछि रुक्मिणीलाई सजग गराएँ ,– बिहेको भीड भाड हुन्छ, कसको दाउ के के मा हुन्छ, गहाना चै ख्याल राख्नु नि १ लुट्ने पनि पो हुन्छन् त, कोही चोर फटाहाले थाहै नपाइ चेन काटेर लगेका पनि सुनिन्छन् । त्यसमाथि अर्काको गहना लाइएको छ ।
मेरो कुरा सुनेर श्रीमतीजिले हाँस्दै कानमा खुसुक्क भनिन्– हराएमा डर छैन, ग्यारेन्टेड हो ।
मैले एक दिन कुरै कुरामा कार्यालयका एकजाना साथीले सुनाएको एउटा कथा मनमनै सम्झिएँ –
ऐसेलुखर्कमा एक जना घनश्याम भन्ने मान्छे थियो । ऊ सामान्य परिवारको थियो । बिहे त गर्नै पर्यो । धनीहरुले जस्तो उसले बिहेमा सुनका गहना लान सकेन । तैपनि जेनतेन गहनाको जोहो गर्यो ।
घनश्यामको बिहे सकियो । सामान्य परिवारको मन्छेले पनि यति राम्रो गर गहना ल्याएको भनी सबैले तारिफ गरे । बेहुली पक्षका गाउँले सबै खुसी भए । बेहुला पक्षका जन्ती तथा सबै गाँउलेहरुले छक्क पर्दै भने –ूहैन बिदेशबाट राम्रै कमाएर ल्याएको रहेछ क्यारे ।
बेहुली भित्र्याइयो । बेहुली पनि खुसी थिइन् । आफ्नो रोजाइको दुलाहा अनि यति धेरै गहना पाएर मक्खै थिइन् । सुहागरात नसिद्धिदै गहनाको बारेमा बेहुला बेहुलीको गफगाफ त भैहाल्यो । खास कुरा के हो बेहुलाले आफ्नी दुलहीलाई ढाँट्ने कुरा पनि भएन ।
बेहुली भित्र्याइयो । बेहुली पनि खुसी थिइन् । आफ्नो रोजाइको दुलाहा अनि यति धेरै गहना पाएर मक्खै थिइन् । सुहागरात नसिद्धिदै गहनाको बारेमा बेहुला बेहुलीको गफगाफ त भैहाल्यो । खास कुरा के हो बेहुलाले आफ्नी दुलहीलाई ढाँट्ने कुरा पनि भएन ।
त्यसपछि त के चाहियो ररु बेहुली रिसाइहालिन । कसैले सम्झाउन सकेनन् । नयाँ दुलहीको आन्दोलन शुरु भयो बिहे घरमा । सारा गाँउभरी हल्ला फैलियो । घनश्यामले किनेको ग्यारेन्टेड सुनले पोल्यो रे दुलहीलाई । यो खबर आगोको झिल्को जस्तो एक कान मैदान हुँदै उसैको माइती गाउँसम्म पनि फैलियो ।
अहिले घनश्यामलाई ऐसेलुखर्कमा घनश्यामको नामले भन्दा ग्यारेन्टीको नामले चिनिन्छ ।
सालो बिहेमा जन्त त गइयो । तर मलाई त्यो ग्यारेन्टेड सुनवाला घनश्यामको कथाले दिनभरी पोलिरह्यो । भगवानलाई पुकारिरहें । हे भगवान रुक्मिणीले लगाएको गहना ग्यारेन्टेड सुनको हो भनेर कसैले नचिनोस् । यदि कसैले चिनेमा मेरो पनि नाम – ग्यारेन्टीुमा परिणत हुनेछ घनश्यामको जस्तै ।
– मिति २०७८र०१र१९
– इटहरी ।



























