झापा,
बर्तामोडका युवा व्यवसायी तथा एनएन फाउण्डेशनका अध्यक्ष निरज निरौलाले झापाका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेका छन् ।
उनले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई एक हजार थान मास्क र १० लिटर सेनिटाइजर सहयोग प्रदान गरेका हुन् । कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिका योद्धा पत्रकारलाई सुरक्षित रहेर कर्मक्षेत्रमा खटिन प्रेरित गर्नका लागि सहयोग प्रदान गरेको निरौलाले बताए । महासंघ झापाका अध्यक्ष गिरीले सहयोग गरेकोमा निरौलालाई धन्यवाद ज्ञापन गर्दै संकटको घडीमा पत्रकार र सञ्चार संस्थाहरुलाई सहयोग पु¥याउन सबै क्षेत्रका दाताहरुलाई अपिल समेत गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईं, प्रदेश परिषद् सदस्य मनकुमार शर्मा, जिल्ला कार्य समिति सदस्य होमप्रकाश अधिकारी, रञ्जित परियार लगायतको सहभागिता थियो ।






























