मिर्गौला पीडित सिवालाई कोरियाबाट आर्थिक सहयोग

0
916

युद्धबहादुर बोहोरा

पाँचथर , मिर्गौलाको समस्याबाट ग्रसित फाल्गुनन्द–४,चिलिङ्देनका करिब ६७ वर्षिय तुलसी राम सिवालाई कोरियामा कार्यरत फाल्गुनन्दका युवाले आर्थिक सहयोग गरेका छन् ।

फाल्गुनन्द गाउँपालिका आपातकालीन राहतकोष दक्षिण कोरियाद्वारा पठाएको एक लाख ७९ हजार दुई सय रुपैया रकम बिरामीका छिमेकी धनप्रसाद नेम्वाङ मार्फत पीडितलाई हस्तान्तरण गरिएको कोरियामा कार्यरत सामाजिक अभियान्ता भिमराज चेम्जोङले जानकारी दिए ।

आर्थिक अवस्था कम्जोर भएको सिवाको दुवै मिर्गौला खराब भएको डाक्टरले बताएपछि बिरामीको उपचारको लागि उनका परिवारले देश विदेशमा रहेका नेपालीसंग हारगुहार गर्दै आएका छन् । उपचार खर्चको अभावमा बिरामी अहिले आफ्नै घरमा थलिएर बस्न बाध्य भएको परिवारका सदस्यको भनाइ छ । थप उपचार गर्न रकम जुटाउनु पर्ने भएकाले आर्थिक सहयोग गरिदिन पनि दाताहरुसंग पीडितका परिवार सदस्यले आग्रह गरेका छन् ।

उनको उपचार खर्च सहयोगको लागि हङकङबाट पनि केहि रकम पठाउने तयारी हुँदै गरेको स्थानीय समाजसेवी टिका नेम्वाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here