आत्महत्या गर्न मन छरुरु हातमा एउटा डोरी लिनुहोस्।घरमा सिलिङ्ग फेन त होलानै पक्कै,हैन ररुहातको डोरी विस्तारै फेन मा चडाउनुहोस् र एउटा पासो लाग्ने ठाऊँ बनाउनुहोस अनि बिस्तारै आफ्नो गला त्यो पासोमा भिर्नुहोस् र शरिरलाई हलुका गर्दै छोड्नुहोस् अनि तपाईं बिस्तारै त्यो भित्री पिडाबाट मुक्त हुनुहुनेछ र संसारलाई सधैंको लागि विदा मागेर जानुहुनेछ।
अब एकचोटिआफूलाई पुर्ण जीवित अवस्थामा राख्नुहोस् अनि सोही पिडालाई एकचोटी मृत्यु संग जोडेर महसुस गर्नुहोस् , के मृत्युुनै कुनै समस्याको समाधान थियो ररुसमस्याबाट टाढा भाग्ने एउटा सहज बाटो मृत्युुलाई रोज्नु भयो तपाईंले तर किन सोच्नु भएन तपाई आफ्नो एउटा मात्र समस्याबाट मुक्त हुन अरु थप हजारौं समस्या तपाईलाई चाहनेहरुमा जन्माएर जानुहुदैछँ भनेररु तपाईं त्यो पासोमा आफूलाई भिराई रहदाँ किन सोच्नु भएन तपाईलाई मोल नलाग्ने तपाईको जिन्दगीमा कसैको लागि कति धेरै अमूल्य छ भनेर। ल ठिक छ मृत्युलाईनै अन्तिम उपाय रोज्नुभयो अनि मृत्यु पश्चात् अनुमान लगाउनु भएको छ कसरी यो स्वार्थले भरिएको समाजले तपाईलाई परिभाषित गर्ने छ भनेर।तपाईले गरेका हजारौं राम्रा कार्यहरु किन नहोस् ,अन्तयमा कायर नामको अर्को पासो तपाईको भड्की रहेको आत्माको गलामा भिराउने छ यो स्वार्थ समाजले अनि आत्महत्या भन्दा अर्को भयानक मृत्युु तपाईले अङ्गाल्नु हुनेछ।समस्याबाट त भाग्न सफल हुनुभयो पक्कै तर समस्याबाट टाढा भाग्न आफ्नो माता पिताले देखेको तपाईं प्रतिको सपनाको आहुती हालेररुरुवहाँहरुको भविष्यको भोग खाएर रुरु या वहाँहरुको तपाईं प्रतिको आशाको बलि चडाएररुरु कति अचम्मित छ यो संसार हैरुरुकोही जिउनको निमित्त हरेक दिन समय र भाग्य संग जिन्दगीको त्यो कठिन युद्ध लडिरहेको छन् अनि कोही जिन्दगीको अर्थलाई नाङ्गो दिमागले कुल्चिएर व्यर्थमा जिन्दगीको आहुती दिईरहेका छन्।
तपाईंको लाश अगाडि विलना गाउनेँ जमातको घुईचो लाग्ला,कतिको आखाँ पनि रसाउँलान् तर क्षणिक रहनेछ यी पलहरु।तपाईंको लाशको खरानी झैँ जलेर ध्वस्त हुनेछ तपाईको अतीत।खोलामा बगेर जाँने तपाईको लाशको खरानी झैँ समयको अन्तराल पश्चात् बगेर जानेछ ती तपाईका यादका थाकहरु।बिस्तारै बिलाउदै जानेछन् तपाईका स्मृतिहरु अनि हराउदै जानेछ त्रती आकाशिएका यादगार पलका सम्झनाहरु।
जिन्दगी एकचोटि पाउनुहुन्छ त्यसैले त्यसको सहि अर्थ बुझ्नुहोस्।हरेक मान्छे कुनै न कुनै तरिकाले समस्या संग अङ्गालिएको छ।संसारमा त्यसता मान्छेहरु पनि छन् जो एक सुक्को पैसा सम्मेत नभएर त्यसता भोको रातहरुबाट गुज्रिरहेकाछन्,शरीर छोप्ने कपडा सम्मेत नभएर चिसोमा कठ्याङ्ग्रिएर मृत्युु संग लडिरहेका छन्।
जिन्दगी संग त्यसले हार खान्छ जसले जिन्दगीमा कुनै उदेश्य बोकेको हुदैन। एउटामा हार मत्लब जिन्दगीका सबै अवसरका ढोका बन्द हुन्छ भन्ने हैन
आत्महत्या एउटा सामाजिक अपराध मात्र नभएर ९ महिना कोखमा राखेर जन्म दिने आमाको छातीमा हानिने लज्जास्पद लात हो , अज्ज भन्नू पर्दा वर्षौ आफ्ना खुशीहरुलाई लत्याएर आफ्नो जवानीलाई दाऊँमा राख्ने त्यो अथक पिताको गाटीलाई रेट्ने लाजमर्दो कदम हो।
जिन्दगी सधै एकै तरिकाले जिउनुमा के नै मज्जा छ ररुरु अलिकति पीडा अनि अलिकति खुशी , त्यहीनै त जिन्दगीको सही अर्थ हो,हैन ?






























