बन्दाबन्दीमा ६४ जनाले ज्यान गुमाए

0
331

लुम्विनी,
बन्दाबन्दीका समयमा लुम्बिनी प्रदेशमा भएका सवारी दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । आज बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले बन्दाबन्दीका समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ताहरू सचेत रहनुपर्ने बताउनुभयो ।

TOPSHOT – Bodies are moved to a refrigeration truck serving as a temporary morgue at Wyckoff Hospital in the Borough of Brooklyn on April 6, 2020 in New York. – New York Governor Andrew Cuomo on Monday extended a shutdown in the epicenter of America’s deadly coronavirus pandemic until near the end of the month. Cuomo said the COVID-19 death rate in New York was “effectively flat” for the past two days but announced that schools and non-essential businesses must stay shut until April 29. (Photo by Bryan R. Smith / AFP) (Photo by BRYAN R. SMITH/AFP via Getty Images)

प्रहरी उपरीक्षक बिकले सबैको सहकार्यमा मात्रै सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने औँल्याउनुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकारको चासो रहेकाले सबैको समन्वयमा यसको हल गर्नुपर्ने बताउनुभयो । “मृत्युदर निवारण गर्ने नै सामूहीक उद्देश्य हो । यो समस्या ट्राफिकको मात्रै होइन सबैको हो । यसलाई सबै मिलेर हल गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

पत्रकारहरूले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण, छाडा चौंपायाको समस्या रहेको जानकारी गराउँदै समाधानका लागि अभियान चलाउन सुझाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here