कोरोना संक्रमितका लागि करुणा फाउण्डेसन नेपाल: अस्पताल अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर प्रदान

0
1134

विमल दहाल,

काठमाडौ, १ नम्बर प्रदेशमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सन्चालन गर्दै रहेको करुणा फाउण्डेसन नेपालले कोभिड–१९ बाट संक्रमित सिकिस्त बिरामीहरुका लागि नेपालका विभिन्न अस्पताललाई सात लिटरका ३० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ।

केन्द्रीय कार्यालय काठमाडौं बालुवाटारमा रहेको सामाजिक संस्थाले धुलीखेल अस्पताल, टिचिङ अस्पताल महाराजगन्जलाई ८–८ थान उपलब्ध गराएको छ। त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई १० थान, टीकापुर अस्पताल टीकापुर र आडारा हुम्लालाई दुई दुई थान अक्सिनज कन्सन्ट्रेटर उपलब्ध गराएको संस्थाका कार्यकारी निर्देशक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

करुणा फाउण्डेसन नेपालले नेदरल्याण्ड्सका सहयोगी हातहरु मार्फत जुटाउन सकेको ३० थान अक्सिजन कन्सन्ट्रेटर ५ वटा अस्पतालहरुलाई सहयोग गरेको हो । कठिन समयमा थोरै भए पनि मानवीय सहयोग गर्न पाउँदा करुणा फाउण्डेसन नेपालले सन्तोष अनुभव गरेको निर्देशन सापकोटाले प्रतिकृया दिनुभयो । सहयोगले अस्पतालहरुमा चिकित्साकर्मीले गरिरहेको उदाहरणीय कार्यमा मद्दत पुगी केही जीवनहरु बचाउन सकिने निर्देशक सापकोटाको भनाइ छ । १ नम्वर प्रदेशमा पनि संक्रमितहरुलाई सहयोग गर्ने मनसाय सहित विभिन्न मुलुकहरुमा समन्वय भईरहेको संस्थाले जनाएको छ ।

कार्यकारी निर्देशक सापकोटा र संस्थाका अध्यक्ष डा। भगवान कोइरालाले हस्पिटलहरुलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here