केशब चापागाईं
शरणामती,
झापा गाउँपालिकामा कोरोनाको दोस्रो लहरमा ७४ जनामा संक्रमण पुष्टि भएको छ।जसमा ४१ जना पुरुष रहेका छन भने ३३ जना महिला रहेका छन।
पालिकामा १२ जनाले भने कोरोनालाई परास्त गरेका छन।कोरोनालाई परास्त गर्नेमा ७ पुरुष र ५ महिला रहेको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले कनकाई अनलाइनलाई बताए।उनका अनुसार ३ जना संक्रमित अस्पतालमा उपचाररत रहेका छन।एक जना आइसिइउमा छन भने दुई जनाको नर्मल वार्डमा उपचार भइरहेको छ।
पालिकामा कोरोनाको दोस्रो लहरमा वार्ड नं(४ का दुई जनाको मृत्यु भएको बिश्वकर्माले जानकारी दिए।ूपालिकामा कोरोना भाइरसको चपेटाबाट बालबालिका भने मुक्त रहेका छनू बिश्वकर्माले भनेू५ वर्ष मुनीका १२र१४ वर्ष मुनीका संक्रमित कोही छैननू।
यता शनिवार वडा नं ६ आदर्स टोलमा ४३ जनामा गरिएको पिसिआर परिक्षणमा २२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको सिआईसिटी टिमका संयोजक श्याम कुमार न्यौपानेले बताए।त्यस्तै एन्टिजिन टेस्टमा आजै १ संक्रमित थपिएका छन।































