झापा, महामारीको समयमा उपभोक्ताका समस्या र समाधानका उपाय विषयमा शनिवार सरोकारवालाबीच भएको भर्चुअल संवादबाट उपभोक्ता हितका लागि विभिन्न काम गर्ने निष्कर्ष निकालिएको छ ।
बजार अनुगमन गर्दा सरोकारवाला सबैको प्रतिनिधित्व गर्नेदेखि घर–घरमा सागसब्जी प्याकिङ गरी पु¥याउनेसम्मका व्यवस्था गर्ने निष्कर्ष निकालिएको छ । संवाद समूहको संयोजनमा भएको छलफलमा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासंघ १ नं. प्रदेशका सदस्य कुमार भट्टराई, बिर्तामोड कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेल, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बा, विश्व उपभोक्ता महासंघकी अध्यक्ष सरस्वती चम्लागाँई, उपभोक्ता हित संरक्षण मञ्चका राजेन्द्र चम्लागाँई लगायतले छलफलमा विभिन्न सुझावसहित प्रतिबद्धता राखेका थिए ।
छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।
छलफलका निष्कर्ष यस्ता छन्
१) आम उपभोक्ताहरुको उपभोक्ता अधिकारको कार्यान्वयनका लागि बिर्तामोड नगरपालिका, विर्तामोड उद्योग वाणिज्य संघ, उपभोक्तावादी संघ संस्था, बिर्तामोडस्थित कृषि थोक बजार व्यवस्था समिति लगायत सरोकारवाला समेत रहनेगरी नगरपालिकाले मूल्य निर्धारण लगायतका अन्य विषयगत समितिहरु गठन गर्ने ।
२) जिल्लास्थित डी.सी.सी.एम.सी.को निर्णय अनुसार आज जेठ १ गतेदेखि सम्पूर्ण पसल, बजार बन्द गर्ने निर्णय गरेकोमा विर्तामोड क्षेत्र लगायतका बजारमा व्यापारी किसानहरुले स्थानीय टोल विकास समितिको समन्वयमा साना सवारी साधन साइकल ठेलामा व्यानर र पहिचान राखी एक जनासम्मले भीडभाड नहुने गरी त्यस्ता सब्जीहरु (विग्रिएका तथा सडेगलेका बाहेक) प्याकिङ्ग गरी घर–घरमा पुर्याइ बिहानको समयमा विक्री वितरण गर्ने । अन्य आवश्यकीय खाद्यान्न भीडभाड नहुने गरी होम डेलीभरी गर्ने ।
३) बिर्तामोड नगरपालिकाले मूल्यवृद्धि, कृत्रिम अभाव नियन्त्रणका लागि नगरपालिकाले सम्पूर्ण वडा र वडा अन्तर्गत रहेका टोल विकास संस्थाहरुलाई तत्काल सक्रिय बनाई कानून विपरीत काम गर्नेलाई कारवाही गर्ने । आवश्यकता अनुसार बजार अनुगमन गर्ने ।
४) उपभोक्ता हित संरक्षण र मल्यबृद्धि नियन्त्रणका ू लागि स्थिति सहज भए पश्चात विर्तामोड न.पा., बिर्तामोड उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाहरुको समन्वयमा आवश्यक कानून निर्माण गरी कार्यान्वयन गराउने ।































