झापा, तीव्र रुपमा फैलिइरहेको दोस्रोलहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथानियन्त्रणका लागि अग्रमोर्चामा खटिने सुरक्षाकर्मीकालागि झापा जिल्ला सहकारी संघले स्वास्थ्य सुरक्षासामग्री उपलब्ध गराएको छ ।

संघका अध्यक्ष गणेश ढकाल, वरिष्ठ उपाध्यक्षमहेन्द्रकुमार गिरी, सचिव भवानीप्रसाद दंगाल रजिल्ला बचत तथा ऋण सहकारी संघ झापाकाअध्यक्ष घनश्याम अधिकारीको टोलीले आइतवारजिल्ला प्रशासन कार्यालय पुगेर तीनै अंगकासुरक्षाकर्मीहरुका लागि ५ लाख रुपैयाँ बराबरकोस्वास्थ्य सुरक्षा सामग्री प्रमुख जिल्ला अधिकारीश्रवणकुमार तिमिल्सिनालाई हस्तान्तरण गरेको हो । त्यहाँ झापाका प्रहरी उपरीक्षक शानुराम भट्टराई,नेपाली सेना चारआलीका प्रमुख सेनानी गौरवजंगथापा र सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार पाण्डेकोपनि उपस्थिति थियो ।

स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै संक्षिप्तकार्यक्रमकाबीच संघका अध्यक्ष ढकालले प्रजिअतिमिल्सिनालाई सामग्री हस्तान्तरण गरे । संघलेसामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्रीसहयोग गरेको सचिव दंगालले जानकारी दिए । संघले १० हजार थान सर्जिकल मास्क, ६० थान पीपीइ सेट,६ हजार सेट ग्लोब्स, एक हजार थान फेसशील्ड र १८०० लिटर सेनिटाइजर उपलब्ध गराएको संघकावरिष्ठ उपाध्यक्ष गिरीले बताए । स्वास्थ्य सुरक्षा सामग्रीको अभाव हुने अवस्थामा पुगेको बेला संघले गरेको योसहयोगले सुरक्षाकर्मीहरुलाई कोरोना रोकथामतथा नियन्त्रणका लागि अग्रमोर्चामा खटिएरकाम गर्न निकै सहयोग पुग्ने भन्दै सहयोगका लागि संघलाई धन्यवाद दिए ।
अधिल्लो वर्ष देखिएको कोरोनाभाइरसभन्दा अहिले फैलिएको नयाँभेरियन्टसहितको कोरोना भाइरस बढीसंक्रामक भएकोले सबैमा उत्तिकै जोखिमरहेको अवस्थामा सु्रक्षाकर्मीहरुको स्वास्थ्यसुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्रीसहयोग गरिएको संघले जनाएको छ ।झापा जिल्ला सहकारी संघले गत वर्षपनि जिल्लाका प्रारम्भिक सहकारीसंस्थाहरुको सहयोगमा जिल्लाका सबैस्थानीय तहमा कोरोनाका कारण संकटमापरेका नागरिकहरुलाई राहतका लागि नगदसहयोग गरेको थियो भने झापाकोकनकाईमा नागरिकस्तरबाट स्थापितपीसीआर परीक्षण ल्याबका लागि २५लाखभन्दा बढी रकम जुटाएको थियो ।

संघले यसपटक कोरोना भाइरससंक्रमितहरुलाई निमोनिया हुने जोखिमअत्यधिक देखिएकोले संक्रमितहरुको एक्स–रे गर्न २५ लाख रुपैयाँ बराबरकोअत्याधुनिक एक्स–रे मेसिन पनि ल्याउनलागेको अध्यक्ष ढकालले जानकारी दिए । सो मेसिन झापाकै एक अस्पताललाईहस्तान्तरण गरिने पनि उनले बताए ।































