अस्पतालका बेड खाली, गौरीगञ्जका ५० संक्रमित घरमै

0
907

झापा, गौरीगंज गाउँपालिकामाकोरोनाको दोस्रो भेरियण्ट पश्चात् जेठ १ गतेसम्म ६० जना सक्रिय संक्रमित रहेका छन् ।
गौरीगंज गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयलेउपलब्ध गराएको विवरण अनुसार ६० जना संक्रमितमध्ये ५० जना होम आईसोलेसनमा छन् भने २ जनाकोशी अस्पतालमा उपचार गराइरहेका छन् । त्यसमध्ये १ जनाको मुत्यु भइसकेको छ ।
दोस्रो भेरियन्ट देखा परे पश्चात् गाउँपालिकाद्वारा १सय २२ जनाको स्वाव संकलन गरिएको स्वास्थ्य शाखाप्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् ।कोरोना संक्रमित ६० जनामध्ये ७ जना संक्रमण मुक्तभइसकेका छन् ।कोरोना रोकथाम तथा नियन्त्रण गर्नगाउँपालिकाले १५ बेडको आइसोलेसन र ८ वटाअक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ ।५० वेडको क्वारेन्टाइन कोरोना संक्रमित बिरामीकालागि तयारी अवस्था राखिए पनि दोस्रो भेरियन्टपछि कोही पनि बिरामी अस्पताल आएका छैन्न भनेवेडहरू खाली छन् ।कोभिड अस्पताल भनेर गाउँपालिकाले १५ बेडआइसोलेसन, ८ वटा अक्सिजन सिलिण्डर र ५० बेडक्वारेन्टाइनको व्यवस्था गरे पनि कोरोनाको विरामीघरमै उपचार गराइरहेका छन् ।
गौरीगञ्ज गाउँपालिकास्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रकाले नेपालसरकारको प्रोटोकल अनुसारनै विरामी होमआइसोलेसनमा बसेको बताए । उनले होमआइसोलेसनमा बसेका बिरामीहरुसंग नियमितरुपमास्वास्थ्यकर्मीहरुसंग सम्पर्क भइरहेको र उनीहरुकोस्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गरेको जानकारीगराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here