मेचीनगरमा जेठमहिनाको खोप सेवा स्थगन

0
831

सुजन प्रधान

मेचीनगर, मेचीनगर नगरपालिकाले हरेक महिनाको तालिका अनुुसार सञ्चालन गदैं आएको खोप सेवा स्थगन गरेको छ । जन्मेदेखि १५ महिनामूनिका बालबालिका र गर्भवती महिलाहरुलाई नगरपालिकाको खोपकेन्द्र एवम् स्वास्थ्य केन्द्रहरुले प्रत्येक महिनाको ३ गतेबाट तालिका अनुसार सञ्चालन गदैं आएको १२ वटा रोग विरुद्घको नियमित खोप स्थगन गरेको नगर प्रमुख विमल आचार्यले जारी गरेको सूचनामा जनाइएको छ ।

स्थानीय तहबाटै योजना बनाएर खोप लगाउन छुटेका बालबालिकाको खोजी कार्य गरेर पूर्णखोप सुनिश्चितता दिलाउने तथा दीगोपना कायम राख्ने उद्घेशयले खोपसेवा सुदृढिकरण सम्बन्धि नगरपालिकास्तरीय योजना तथा अभिमुखीकरण गोष्ठी समेत यसअघि मेचीनगरमा सम्पन्न भएको थियो ।

विश्वभर महामारीका रुपमा रहेको कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै २०७८ साल जेठ महिनाको खोप सेवा स्थगन गरिएको नगर प्रमुख आचार्यद्वारा जारी सूचनामा उल्लेख छ ।

खोप सेवा प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकार भएपनि विश्वभर महामारीका रुपमा रहेको कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै २०७८ साल जेठ महिनाको खोप सेवा स्थगन गरिएको नगर प्रमुख आचार्यको भनाई छ । नगरको धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र, दुहागढी, धाइजन, बाहुनडाँगी, ज्यामिरगढी र काँकरभिट्टा स्वास्थ्य चौकीले खोपसेवा प्रदान गदैं आएको छ । मेचीनगर नगरपालिका २०७५ असार ७ गते विधिवतरुपमा पूर्णखोप नगरपालिका घोषणा भईसकेको छ । ‘खोज र खोप ’ भन्ने नीति अनुरुप नगरका १५ वटै वडामा स्वास्थ्यकर्मी तथा महिला स्वयम् सेविकाहरु परिचालन गरीएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here