झापा, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणका कारण निधन भएको छ ।उनको बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचारकै क्रममा आज निधन भएको हो ।
स्वासप्रश्वासमा समस्या आएपछि उनलाई वीएण्डसी हस्पिटल भर्ना गरिएको थियो । गत वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको भएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षणमा पनि कोरोना संक्रमण पोजेटिभ आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । लामो उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । गत वैशाख १७ गते थप उपचारका लागि बीएण्डसीमा भर्ना गरिएको थियो ।संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा र त्यसपछि २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा राखिएको थियो ।






























