बिर्तामोड, नेपाल पत्रकार महासंघ झापा शाखालाई लुथरन विश्व फेडेरेशन नेपालको सहयोगमा न्याय तथा विकासका लागि सामाजिक सञ्जालले विभिन्न स्वास्थ्य सामग्री तथा पौष्टिक आहार प्रदान गरेको छ ।

सञ्जालका कार्यक्रम संयोजक कुमार चुडालले सोमवार बिर्तामोडमा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई मास्क, सेनिटाइजर, फेस शिल्ड र पौष्टिक आहार प्रदान गरेका हुन् । कोरोना भाइरस संक्रमणबाट प्रभावित पत्रकारहरुका लागि उक्त सामग्री प्रदान गरिएको हो । संकटको घडीमा सहयोग गरेको महासंघका अध्यक्ष गिरीले लुथरन र सञ्जालप्रति धन्यवाद ज्ञापन गर्दै अन्य दाताहरुलाई पनि सहयोगका लागि अपिल गरेका छन् । कार्यक्रममा महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्यहरु रञ्जित परियार, बिनोद पाण्डे लगायतको सहभागिता रहेको न्याय तथा विकासका लागि सामाजिक सञ्जालका रञ्जन धमलाले जानकारी दिए ।































