मिस युनिभर्सको उपाधि एन्ड्रियालाई

४ जेष्ठ २०७८, मंगलवार मा प्रकाशित

झापा,
‘मिस युनीभर्स’ को ६९ औं संस्करणको विजेता एन्ड्रिया मेजा बनेकी छिन् ।

मे १६ मा संयुक्त राष्ट्र अमेरिकाको सेमिनोल हार्ड रक होटल एन्ड क्यासिनो हलिउडमा भएको यस प्रतियोगितामा मेक्सिकोकी सुन्दरीले बाजी मारेकी हुन् । अन्तिम चरणमा सुन्दरताको बद्लिदो मापदण्डको शीर्षकमा आफ्नो उत्कृष्ट भनाई राख्दै उनी मिस युनिभर्स २०२० की विजेता बनेकी हुन् ।

यसका साथै उनले प्रश्नउत्तरको चरणमा पनि कोभिड–१९ महामारीलाई कसरी ह्यान्डल गर्नुहुन्छ भन्ने प्रश्नमा दिएको उत्तरले पनि उनलाई उपाधि जिताउन मद्दत गरेको थियो । ब्राजिलकी सुन्दरी जुलिया गामा, पेरुकी सुन्दरी जेनिका मसेटा र भारतकी सुन्दरी एडलाइन क्यास्टेलिनो क्रमशः फस्र्ट, सेकेन्ड र थर्ड रनरअप बनेका छन् । सुन्दरी प्रतियोगीतामा भाग लिन नेपालबाट आंशिका शर्मा गएकी थिइन् ।

आंशिकासँगै यो प्रतियोगीतामा नेपालबाट अहिलेसम्म चारजना सुन्दरीहरुले सहभागीता जनाइसेका छन् । जसमा सन् २०१७ मा नगमा श्रेष्ठ, सन् २०१८ मा मनिता देवकोटा र सन् २०१९ मा प्रदीप्ता अधिकारी । आंशिका शर्मा मिस नेपाल २०२० की फस्र्ट रनरअप हुन् ।

सन् २०२०मा आयोजना हुनुपर्ने मिस युनिभर्स कोरोना कहरका कारण एकवर्ष पछाडि धकेलिएको हो । यस वर्षको मिस युनिभर्सका होस्ट पूर्व मिस युनिभर्स विजेता ओलिभिया कल्पो र मारियो लोपेज हुन् । विभिन्न देशका ७४ जना सुन्दरीले यस वर्षको मिस युनिभर्स उपाधिका लागि सहभागिता जनाएका थिए । जसमध्ये उत्कृष्ट २१ जनाले मात्रै अन्तिम चरणसम्म जाने मौका पाएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here