त्रासका बीचमा जागेको आशा

४ जेष्ठ २०७८, मंगलवार मा प्रकाशित
  • 2.3K
  •  
  •  
  •  
  •  
  •  
    2.3K
    Shares

जतासुकै मृत्यु आतङ्कले छोपेको बेला एउटा मधुर आशाको प्रकाश देखिन थालेको छ । प्रत्येक समाचार बुलेटिन, अनलाइन र सामाजिक सञ्जालमा प्रकाशन, प्रशारण भइरहेका त्यस्ता सूचना र समाचारले आफ्नै वरिपरि मृत्यु घुमिरहेको लाग्न थालेको लामै समय भयो ।

यो समयले धेरैलाई अभ्यस्त पनि बनायो शायद र स्वास्थ्य अनुशासनको पालना गर्नु पर्छ भन्ने पनि बिर्साइदियो । त्यसकै नतिजा हुनसक्छ कोरोना भाइरस नाम गरेको अदृश्य शक्तिले चार हजार जनाभन्दा बढीको सुन्दर जीवन चुँडेर लग्यो । अनुशासनमा पनि आत्मानुशासन सर्वोत्तम उपाय हुन्छ सार्थक जीवन बाँच्नका लागि । यदि आफू–आफूले आत्मानुशासनको पालना गरेको भए पनि यति मानवीय क्षति हुने थिएन । भन्न त भनिन्छ प्रकृतिबिरूद्ध गइयो भने मानव अस्तित्वमाथि नै प्रहार हुन्छ।

अनेक नाम र रूपका विपत्तिहरूले पृथ्वीको सन्तुलन मिलाउँछ। तर ‘जो होचो उसकै मुखमा घोचो’ उखान नै चरितार्थ हुने गरी बिकासका पूर्वाधार निर्माण भई नसकेका र पृथ्वीबिरूद्ध ठूलै अपराध नगरेका नेपालीले सजाय पाउनु दुखद अबस्था हो । यद्यपि वनजङ्गल, पानीको स्रोत र भूस्वरूपको क्षति नेपालीबाट पनि भएको छ । एक वर्षदेखि त्रासदीको रूपमा जरा गाडेर बसेको कोरोनाको बिस्तारको साङ्लो छिनाउन स्वास्थ्य अनुशासनका शर्तहरू मान्नै पर्ने विज्ञहरूका सुझावमा इमान्दार प्रयास गरिएन। अरू त अरू राज्य सञ्चालकहरू नै यसप्रति गम्भीर भएनन् मात्र होइन उल्लंघन गर्नै रमाए ।

बढ्दो सङ्क्रमण रोक्न देखिनु पर्ने अग्रसरता, सक्रियता र पूर्वाधार तयार गर्नेतर्फ जिम्मेवार भूमिका नदेखिएको भन्दै सर्वत्र आलोचना भइरह्यो । भारतमा पानी पर्दा हामीले छाता नओढे पनि तयारी अबस्थामा चैं राख्नु पर्थ्यो। त्यसलाई व्यवस्थापनको मौका ठान्नुको सट्टा ‘केही होइन’ भन्दै बस्नु भूल थियो ।

विश्वमा आतङ्क मच्चारहककदा पनि हाम्रो जीवन गति पूर्ववत् रह्यो । इटाली, अमेरिका जस्ता समृद्ध मुलुक त्राही–त्राही, निरूपाय भएको देखेर पनि नदेखेजस्तो गरिरह्यौँ । अब यतिखेर धेरै मानवीय क्षति भइसकेपछि ‘न्याउरी मरेपछिको पछुतो’ को के अर्थ हुन्छ रु हाम्रा यति बिघ्न मन्त्री, सांसद, मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, सदस्य, प्रदेश प्रमुख, मुख्यमन्त्रीहरू जनताको जीवन जोखिममा रहँदासम्म हराउनुको हिसाब जनताले खोज्नेछन् ।

भएका पूर्वाधारहरू भरिएका छन्, सरकारी सेवा अपर्याप्त छ, निजीले धरौटीविना बिरामी लिँदैनन् त्यसतर्फ स्थानीय, प्रदेश वा संघीय सरकारको उत्तरदायित्व देखिँदैन । कतैबाट भरपर्दो भूमिका नदेखिएका बेला केही स्वयंसेवीहरू, केही संस्था र केही व्यक्तिहरू अग्रसर भएका छन् सहयोग गर्न । विगत दुई – तीन दिनदेखि सङ्क्रमणको संख्या केही घटेको छ। सम्बद्ध मन्त्रालयको सूचनामा मृतकको संख्या पनि कम हुन थालेको छ । यो सुखद सूचना हो तर सम्पूर्ण भने होइन । किनकि सम्भावित सबैको पीसीआर परीक्षण गराउन सहज छैन। निषेधाज्ञाका कारण परीक्षणस्थलसम्म जानै समस्या छ भने सहजीकरण गरिदिनेको अभाव छ। भारतको दिल्लीका मुख्यमन्त्रीले पन्ध्र दिनमै उच्चस्तरको अस्पताल निर्माण गराएर बिरामीको उपचार शुरू गरे। अस्पतालहरूको अनुगमनसँगै आवश्यक सहयोग पु¥याउन आफैँ उपस्थित भए। तर, हामी कहाँ त्यस्तो जिम्मेवार भूमिका र उत्तरदायित्व कतै देखिएन। अनि पनि थोरै भए पनि ओरालो लाग्न थालेको सङ्क्रमणको ग्राफले अलिकति आशाको जीवन सञ्चार गराएको छ ।

यही नै पूर्ण होइन तर आफू आफू अनुशासित भयौँ भने नियन्त्रण गर्न सकिन्छ भन्ने सङ्केत हुनसक्छ यो । त्यसैले अरू कसैको आशा र भरमा त्रास बोकेर बस्नुभन्दा भाइरससककग प्रतिकार गर्न स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नु बुद्धिमानी हुन्छ । अहिले जागेको आशालाई निराशामा बदलिन नदिऔं, यही नै आजको आवश्यकता पनि हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here