रोट्रयाक्ट क्लब इटाभट्टाद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग

0
1264
केशब चापागाईं
झापा,झापाको मेचिनगर नगरपालिका स्थित रोट्रयाक्ट क्लब अफ ईटाभट्टा म्युनिसिपल र बैंक अफ काठमाण्डौको बिर्तामोड साखाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन।संस्थाले नगरपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी नकलबन्दामा कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन।
संस्थाले सुरक्षा कर्मीहरुलाई १ थान पल्स अक्सिमिटर,१ थान थर्मल गन,२०० थान मास्क,१० बोतल सेनिटाइजर र १३ थान वितरण गरेको क्लबका अध्यक्ष विवेक श्रेष्ठले बताए।बढ्दो कोरोना भाइरस संक्रमणमा ध्यानमा राखेर सुरक्षाकर्मीलाई काममा सहज होस भनी स्वास्थ्य सामग्री वितरण गरेको श्रेष्ठले बताए।
समाजमा सामाजिक कार्यमा अग्रसर रहने क्लबले यस अघि समेत इटाभट्टा स्थित सशस्त्र प्रहरी पोस्टलाई ३०० थान मास्क, ९ थान फेस सिल्ड, ७ लिटर स्यानीटाईजर सहयोग गरी सकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here