फाल्गुनन्द गाउँपालिका आवश्यक पूर्वतयारी सहित कोरोना सतर्कतामा केन्द्रित

0
1212

युद्धबहादुर बोहोरा

पाँचथर  , दोस्रो लहरको कोरोनाले देशभर भयावह स्थिति सृजना हुन थालेपछि फाल्गुनन्द गाउँपालिकाले उच्च सतर्कताका साथ पूर्वतयारीको बन्दोबस्त मिलाएको छ ।

वर्तमान स्वास्थ्य संकटलाई प्राथमिकतामा राख्दै पालिकाको श्रोत साधनले भ्याएसम्म जनताको जीवन रक्षा गर्न निरन्तर क्रियासिल रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए । महामारीको समयमा सबै मिलेर सावधानी अपनाउन,सुरक्षित र सचेत रहनु पर्ने समय आएको छ । अनावश्यक भ्रम,होहल्ला र सामाजिक संजालबाट आम नागरिकलाई बिचलित नवनाउन र सकेसम्म जे सकिन्छ मद्दत गरिदिनु हुन पालिका अध्यक्ष वीर बहादुर कुरुम्बाङ्ले अनुरोध गरेका छन् । केहि दिन यता पाँचथर जिल्लामा तीब्र गतिमा फैलिएको संक्रमणबाट जेठ ३ गते सम्म एक सय २९ संक्रमित मध्ये एक जनाको ज्यान गइसकेको छ ।

हालसम्म फाल्गुनन्दका बैंकमा कार्यरत दुई जना कर्मचारीमा संक्रमण देखिएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले दोस्रोपटक म्याद थप गरि जिल्लाभर जेठ १७ गते सम्म निषेधाज्ञा जारी भएपछि पालिकाका नागरिकलाई संक्रमणबाट जोगाउन फाल्गुनन्द गाउँपालिका हरपल प्रयासरत रहेको बताइएको छ । यसैबीच पालिकाले आफ्नो तयारीमा अग्रसरता देखाउँदै हालसम्मको प्रगति विवरण सहितको प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । गाउँपालिकामा संक्रमण फैलिन नदिन मुख्य नाका राँके बजारमा जेठ १ गतेदेखि हेल्थ डेक्स स्थापना, १५ बेडको क्वारेन्टिन संचालन, सोही स्थानमा ५ बेडको कोभिड अस्थायी अस्पताल स्थापना गरी संचालनमा ल्याएको जनाएको छ । पालिकामा आउन सक्ने जटिल अवस्थालाई मध्यनजर गर्दै चार सय ७५ लिटरका १५ थान अक्सिजन सिलिन्डर तयारी गरेको छ । अन्य १० थान सिलिन्डर समेत स्टक राखिएको बताइएको छ । स्वास्थ्य कर्मीहरुका लागि आवश्यक पर्ने पि.पि.ई सेट र आवश्यक स्वास्थ्य सामाग्री तयारी अवस्थामा राखेको छ । संक्रमित नागरिकलाई तत्काल अस्पतालसम्म पुर्याउनु पर्ने अवस्था आए ऐम्बुलेन्स र सवारी साधन तयारी अवस्थामा राखिएको जनाइएको छ ।

नागरिकलाई सजग र सचेत गर्न सचेतनामूलक सुचनाहरु सम्प्रेषण गर्दै आएको कार्यालयले जनाएको छ। गाँउपालिका भित्रका सबै स्वास्थ्य चौकी उच्च सतर्कता अपनाईएको छ । अत्यावस्यक सेवाका लागि एम्बुलेन्स सहित अन्य केही गाडीहरु तयारी अवस्थामा राखिएको छ । सम्बन्धित वडाकै स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षणको ब्यवस्था गरिएको छ । सम्बन्धित वडा र प्रहरी चौकीको समन्वयमा कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम संचालन गरेको जनाएको छ । कार्यालयहरुमा सुरक्षा मापदण्ड पुरा गरि भिडभाड रहित वातावरणमा सुचारू गरिएको र अति आवश्यक काम बाहेक कार्यालयमा जम्मा नहुन निर्देशन गरिएको छ ।

पाँचथर र ताप्लेजुङ प्रवेश गर्ने नाका समेत रहेकोले यस पालिकाको सिमाना इलाम जिल्लाका देउमाइ नगरपालिका र फाकफोकथुमसंग प्रत्यक्ष हेलमेल छ । सिमा क्षेत्रमा स्थानीय बजार रहेका कारण यस पालिकालाई हरेक चुनौती र कठिना हुने गरेको पालिकाका सूचना अधिकारी राजेन्द्र भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here