शिवसताक्षीका संक्रमितलाई निःशुल्क एम्वुलेन्स

0
685

विनोद सापकोटा,झिलझिले।

शिवसताक्षी नगरपालिकाले कोरोना संक्रमणका कारण झापाका सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गर्न जाने नगरवासीलाई एमुलेन्स सुविधा दिने भएको छ ।

नगर प्रवक्ता नवीन इजमका अनुसार शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्यकर्मीले थप उपचारका लागि अस्पताल लैजानुपर्ने आवश्यकता औंल्याए नगरपालिकाले एम्वुलेन्स सुविधा दिने भएको हो । ‘नगरवासीलाई एम्बुलेन्स प्रयोग गरे वापतको नगरपालिकाले कुनै पनि शुल्क लिन छैन, उनले भने । शिवसताक्षी नगरपालिकामा ८२ जना सक्रिय संक्रमित छन् । १० जना कोरोना मुक्त भएपछि सक्रिय संक्रमितको संख्या तल झरेको हो ।

यस्तै कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिए नगरको स्वास्थ्य शाखा र स्वास्थ्यकर्मीले सिफारिस गरे अतिविपन्न वर्गका नगरवासीको कोरोना परीक्षणपनि नगरपालिकाले निःशुल्क गर्ने भएको छ । ‘कोरोना परीक्षण गर्ने खर्च समेत नभएका त्यस्ता अतिविपन्न वर्गका नगरवासीको हकमा शिवसताक्षी नगरपालिकाले व्ययभार व्यहोर्ने छ,’ प्रवक्ता इजमले भने ।

शिवसताक्षी नगरपालिकाले नगरका सबै सङ्क्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटी जन्य औषधिसमेत वितरण गर्ने बताएको छ । होम आइसोलेसन् तथा अस्पतालको आइसोलेशनमा रहेका संक्रमितलाई रोग प्रतिरोधक क्षमता बढाउने औषधि वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

दुधे स्थित दुधे आयुर्वेद औषधालय बाट नगरका संक्रमितलाई औषधी वितरण गर्न लागिएको नगरका प्रवक्ता इजम ले जानकारी दिएका छन् । औषधिसहित नगरका जनप्रतिनिधि पनि संक्रमितका घरघरमा गएर उनीहरूको आत्माबल बढाउँन सहयोग गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

यसैबीच शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले कोरोना संक्रमणका कारण नगरका कोही पनि नागरिकले आफूलाई असहज भएको महसुस गरे तत्काल फोन गरेर नगरलाई जानकारी दिन आग्रह गरेका छन् । नगरप्रमुख शेर्माले भने, ‘नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्ष जहाँ पायक पर्छ त्यहाँ फोन गरेर आफ्नो समस्या राख्नु होला । जसका कारण अस्पताल लगेर तत्काल उपचारको प्रक्रिया अघि वढाउन सहज हुनेछ ।’

पछिल्लोपटक झापा प्रशासनले गरेको पूर्ण निषेधाज्ञाको नगरवासीले पूर्ण पालना गरेकोमा नगरप्रमुख शेर्माले सम्पूर्ण व्यवसायी लगायत आमनागरिकलाई धन्यवाद समेत दिएका छन् । ‘संक्रमण दर ओरालो र कोरोना मुक्त हुनेको संख्या उकालो लागेको अवस्था पछिल्ला तीन दिनमा देखिएपनि अझै ढुक्क हुने अवस्था छैन,’ नगरप्रमुख शेर्माले भने, ‘ घरबाट बाहिर निस्किनु होस् जसका कारण संक्रमणबाट तपाईं टाढै रहनु हुनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here