इलाम–झापा समाज र एकका लागि एक अभियानद्वारा इलाम अस्पताललाई दुई लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने

0
1113

युद्धबहादुर बोहोरा,
इलाम

इलाम–झापा समाज र एकका लागि एक अभियान झापाद्वारा इलाम अस्पताललाई दुई लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएको छ ।

केहि दिन यता जिल्लामा दिनहुँ वृद्धि भएको कोरोना संक्रमण र मृत्यु हुनेको संख्याले चिन्तित बनेका इलामबासीले अस्पतालको श्रोत साधन प्रति जनाएको असन्तुष्टि सामाजिक संजालमा राखेर सहयोगको अपेक्षा गरेका थिए ।

उक्त अनुरोध र सामाजिक संजालमा राखेको खबरलाई स्वीकार गर्दै इलामबासीको पीडामा मलमपट्टी लगाउने उदेश्यले इलाम–झापा समाज तथा एकका लागि एक अभियान झापाका विनोद बस्नेत र गजेन्द्र पौडेल तथा श्याम खड्गीको पहलमा अस्पताललाई जम्मा दुई लाख रुपैयाँ बराबरको स्वास्थ सामाग्री जेठ ५ गते सम्म उपलब्ध गराउने प्रतिबद्धता गरेको इलामका सामाजिक अभियान्ता निरोज खड्गीले जानकारी गराए ।

यस कठिन घडीमा सहयोग गर्ने दाताहरुलाई सामाजिक संजाल मार्फत धेरैले धन्यवाद दिदैं अन्य महानुभावबाट पनि थप सहयोगको अपेक्षा गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here