झापा, नयाँ भेरियन्टको कोरोना संक्रमणका कारण झापामा थप तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन जना नै भद्रपुर नगरपालिकाका रहेका छन् ।
यो संगै झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८५ पुगेको छ । आज मृत्यु हुने मध्ये दुई जनाको मेची प्रादेशिक अस्पताल भद्रपुर र एक जनाको बिर्तामोडको बीएण्डसी हस्पिटलमा मृत्यु भएको हो । भद्रपुर १ का ८४ वर्षिय क्षेत्री थरका बृद्धको मेची अस्पतालमा मृत्यु भएको हो भने सोही अस्पतालमा भद्रपुर वडा नं ६ का ५६ वर्षीय कर्ण थरका पुरुषको पनि मृत्यु भएको छ । त्यस्तै भद्रपुर वडा नं २ का ३८ वर्षीय कुमाछी थरका व्यक्तिको बिर्तामोडको बीएण्डसी हस्पिटलमा मृत्यु भएको हो ।





























