रामप्रसाद ढुंगेल/झापा ।

नेपालमा स्वस्थ्य समस्या बिकराल हुन लागेको परिप्रेक्ष्यमा अमेरिकामा रहेका नेपालीहरुले झापा जिल्लाको लागि स्वास्थ सामग्री हस्तान्तरण गरेका छन् ।
झापाली समाज युएसएले पोर्टेबल अक्सिजन क्यान १०० थान, अक्सिमिटर-४८ थान, पिपिइ- १५ थान, सेनिटाइजर ६ ग्यालन लगायतका सामग्रीहरु जेठ ४ गते हस्तान्तरण गरिएको हो ।
रेडक्रस झापाका सभापति लोकराज ढकाल मार्फत झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई उक्त सामग्री हस्तान्तरण गरिएको झापाली समाज युएसएका अध्यक्ष मुकुन्द ढुङ्गानाले बताएका छन् ।
उक्त सामाग्रीहरु डिसिसिएमसीको निर्णय अनुसार अत्यावश्यक स्थानमा वितरण हुने कुरा प्रजिअ तिमिल्सिनाले जानकारी दिएका छन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेल, झापाली समाज अमेरिकाका आजीवन सदस्य दुर्गेश कार्की, बिर्तामोड रेडक्रस सदस्यहरु याम कार्की, निरज ढकाल लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारी सहितको उपस्त्थिति रहेको थियो ।
विपतका बेला अमेरिकामा रहेका नेपालीहरुले स्वदेशको मायाले उपलब्ध गराएको सहयोगप्रति आभार प्रकट गर्दै प्रजिअ तिमिल्सिनाले झापामा अक्सिजन प्लाण्ट स्थापना गर्न अमेरिका लगायत अन्तर्राष्ट्रिय झापली समाजमा आवद्ध सबै देशका झापालीहरुलाई आह्वान गरेका छन् ।
झापाली समाज अमेरिकाका महासचिव निलम बिमलीले झापाको स्वास्थमात्रै नभएर शिक्षा र विकास निर्माणमा अमेरिकामा भएका झापाली तथा अन्तर्राष्ट्रिय झापाली समाजमा सम्बद्ध सबै देशका नेपालीहरु मिलेर काम गर्ने योजना रहेको बताएका छन् ।































