तेस्रो भेरियन्टको डर, अन्योलमा सरकार

0
1185

 

अन्तत विज्ञहरुले कोरोनाको तेस्रो लहर पनि आउने चेतावनी दिइरहँदा समेत समयमै पूर्वतयारी गर्न नसकेका कारण देशमा अहिलेको भन्दा अझ भयावह स्थिति उत्पन्न हुने भएको छ । स्वास्थ्य मन्त्रालयले समेत तेस्रो भेरियन्ट ९ट्रिपल म्युटेन्ट भेरियन्ट बी। १।६१७।२० नेपाल भित्रिसकेको सर्वसाधारणलाई चेतावनी दिएर पन्छिनुबाहेक अरु आवश्यक कुनै तयारीमा जुट्न सकेको पाइँदैन । अन्य भाइरसभन्दा नयाँ भेरियन्टले ९विश्वव्यापी चासोको भेरियन्ट भनी डब्लुएचओले समेत घोषणा गरिसकेको अवस्थामा० सिंगापुरमा अहिलेसम्मकै धेरै प्रभावित गरेको नेपालमा समेत व्यापक क्षति र्पुयाउने देखिन्छ । नेपालमा संकलन गरिएका ९७ प्रतिशत नमुनामा यो भेरियन्ट देखिएको तथ्याङ्क सार्वजनिक भएको छ ।
विशेष गरी बालबालिकामा यो भेरियन्टले धेरै क्षति र्पुयाउने भएको हुँदा र हाम्रो देशको अस्पतालहरुमा बालबालिकाका लागि छुट्टै आईसीयू, भेन्टिलेटर तथा आवश्यक जनशक्तिको समेत अभाव भएको हुँदा यसबाट उत्पन्न हुन सक्ने भयावह स्थितिबाट कसरी सामना गर्ने हो सम्बन्धित निकाय आफैँ अन्योलमा देखिन्छ । विज्ञहरुले चेतावनी दिँदै युद्धस्तरको तयारीमा जुट्नुको साटो सरकार विश्वासको मत जुटाउन र प्रतिपक्षहरु सरकार बनाउने र गिराउने खेलहरुमा अझै अल्झिरहेका कारण जनप्रतिनिधिहरुप्रति सर्वसाधारणमा वितृष्णा प्रदान हुन थालेको छ । अझ हाम्रा प्रधानमन्त्रीले समेत महामारीलाई हल्का रुपमा लिएर आफैँ विज्ञ जस्तो भनाइहरु सार्वजनिक गरिरहँदा र बेलैमा सम्बोधन गर्न नसकेका कारण अनाहकमा नेपालीहरुले मृत्युवरण गर्नु परिरहेको भन्दा अतिशयोक्ति नहोला ।

कोरोनाविरुद्धको खोपको समेत उचित प्रबन्ध गर्न नसकेको तथा पहिलो डोज लिइसकेका नागरिकहरुले दोस्रो डोज पाउने म्याद गुज्रिसक्दा समेत भ्याक्सिन लगाउन पाएका छैनन् । कमिसनकै भागबण्डाका कारण यस्तो हुनु हाम्रा लागि दुर्भाग्यपूर्ण हो । अब आउने भनिएको भ्याक्सिन समेत समयमै आएर सबैले पाउलान् भन्ने विश्वास गरिहाल्ने स्थिति छैन । तेस्रो भेरियन्टले बालबालिकालाई समेत असर गर्ने भएको हुँदा बालबालिकालाई समेत चाँडोभन्दा चाँडो यो खोप लगाउनुपर्ने देखिन्छ ।
उता अस्पतालहरुमा अक्सिजनको आपूर्तिका लागि सरकारले विभिन्न योजनाहरु सार्वजनिक गरे पनि व्यवहारमा यो लागु भएको देखिँदैन । अझै अक्सिजनको अभावमा अकालमै मृत्युवरण गर्नेहरुको संख्या दिनानु दिन रुपमा बढिरहेको छ । दुर्गम क्षेत्रहरुमा बेलैमा सुविधासम्पन्न अस्पताल निर्माण गर्न नसकेकै कारण त्यस भेगका बासिन्दा ९(१० लाख रुपैयाँ खर्च गरेर हेलिकप्टरमार्फत् ठूला अस्पतालहरुको शरणमा पुग्नु पर्ने बाध्यता रहेको छ ।
ज्यान जोखिममा राखेर कोरोना पीडित संक्रमितहरुको उपचार गर्ने स्वास्थ्यकर्मीले समेत सुरक्षा सामग्रीहरु पाइनरहेको अवस्थामा अक्सिजन र शैय्याको अभावमा बिरामीको मृत्युपश्चात् स्वास्थ्यकर्मीहरुमाथि कुटपिट तथा दुर्व्यवहारका घटना बाक्लिन थालेका छन् । यसो हुँदा आफ्नो ज्यान जोखिममा राखेर उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको मनोबल समेत घटेको पाइन्छ ।
प्लाज्मा थेरापीबाट उपचार गर्दा चाँडै निको हुने दाबी गरिँदै आए तापनि हाल आएर भारत लगायत विश्वका अन्य विकसित मुलुकहरुले समेत प्लाज्मा थेरापीबाट उपचार बन्द गरेका छन् । तर, हाम्रो देशमा यसप्रति स्वास्थ्य मन्त्रालयको स्पष्ट धारणा आउन नसक्दा चिकित्सक लगायत सर्वसाधारणमा अन्योलता बढेको पाइन्छ । हिजोअस्तिसम्म रेम्डेसिभिर औषधि कालोबजारीमा बिक्री भइरहेको थियो । हाल आएर विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले समेत यसको प्रयोगमा रोक लगाएको छ । डब्लूएचओबाट समेत बेलाबेला विरोधाभाषपूर्ण भनाइ सार्वजनिक भइरहँदा विज्ञहरु समेत अलमलमा परेका छन् ।
बेलैमा भ्याक्सिनेसन तथा अक्सिजन लगायत औषधिको सहज आपूर्ति आवश्यक शैय्याहरुको प्रबन्ध गर्न सकिएन भने अब हजारौँमा होइन, लाखौँ नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था आउन धेरै दिन कुर्न नपर्ला । यो विश्व महामारीमा देशका ठूला उद्योगिक, व्यावसायिक घरनाले दिल खोलेर सरकारसँग हातेमालो गरी सहयोग गर्न तयार रहेको बेला युद्धस्तरमा उपचार व्यवस्थामा लाग्नुपर्नेमा सरकारको तर्फबाट त्यस्तो कुनै ठोस कदम चालिएको छैन । उता देशका जिम्मेवार मन्त्रीहरुले नै विवादस्पद अभिव्यक्तिहरु दिएर जनताको घाउमा नूनचूक छर्ने काम गरेका छन् । हालै वनमन्त्रीले आर्यघाटमा दाउराको कमी हुन नदिनु भन्ने अभिव्यक्ति यस्तै घटिया मानसिकताको उपज हो भन्नुपर्दा अतिशयोक्ति नहोला । अस्पतालहरुमा अक्सिजनहरुको अभाव हुन नदिनु भन्नुपर्नेमा यस्ता गैरजिम्मेवार भनाइहरु सार्वजनिक हुनु हाम्रा लागि दुर्भाग्यपूर्ण हो ।
अब अन्य सबै काम थाति राखेर चाँडै सर्वसाधारणको स्वास्थ्यमा ख्याल राख्न सम्बन्धित निकाय कम्मर कसेर लाग्नुपर्ने देखिन्छ । आगे तपाईंको मर्जी, चेतना भया ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here