अक्सिजन सिलिन्डर प्रदान

0
1007

झापा , बिर्तामोड नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड हस्पिटल तथा आइसोलेसनका लागि अक्सिजन सिलिन्डर प्रदान गरीएको छ ।
कारोना महामारीको बिच अक्सिजन अभाव हुनसक्ने संभावनालाई ध्यानमा राख्दै छठ समाज सेवा समिति विर्तामोडले ५ थान अक्सिजन सहितको सिलिन्डर नगरपालिकालाई प्रदान गरेको हो ।बुधबार नगरपालिकाले निर्माण गरेको आइसोलेसन भवनमा उपस्थित अध्यक्ष राजकुमार गुप्ता सहितको छठ समाज सेवा समितिको टिमले नगरप्रमुख धुर्वकुमार शिवाकोटीलाई सिलिन्डर हस्तान्तरण गरेको हो ।समितिले यस अघि ‘एकका लागि एक’अभियानलाई समेत ५ थान अक्सिजन सहितको सिलिन्डर हस्तान्तरण गरेको जनाएको छ ।
बिर्तामोड नगरपालिकामा तत्कालका लागि अक्सिजनको अभाव नभएको नगरका प्रवक्तासमेत रहनु भएका वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो ।उहाँले नगरमा अक्सिजन प्लान्टको स्थापनाका लागि सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।बिर्तामोड नगरपालिकाले अक्सिजन सहितको ५० शैयाको आइसोलेसन तथा ५ बेडको कोभिड हस्पिटल सञ्चालनमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here