पूर्वमन्त्री भट्टराईको समन्वयमा स्वास्थ्य सामग्री उपलब्ध

0
503

 

ताप्लेजुङ, नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री योगेश भट्टराईको समन्वयमा जिल्ला अस्पताल ताप्लेजुङलाई स्वास्थ्यका सामग्री उपलब्ध भएको छ । कोभिड¬१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भट्टराईको समन्वयमा काठमाडौँबाट पठाइएको सामान आज जिल्ला अस्पतालमा आइपुगेको छ ।

विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाबाट उपलब्ध भएका केही थान अक्सिजन कन्सिनट्रेटर, मास्क, पिपिई, पञ्जा, सर्जिकल मास्क, सेफ्टी चस्मा र सेनिटाइजर प्राप्त भएको जिल्ला अस्पतालले जनाएको छ । थप एन्टिजेन किट र गुणस्तरीय पिपिई समेत सङ्कलन भइरहेको र सङ्कलन पछि जिल्ला अस्पताललाई पठाइने भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिनुभयो ।

दुई दिनअघि कोभिड नियन्त्रण तथा रोकथामका सन्दर्भमा नेता भट्टराईले ताप्लेजुङका सरोकारवालाहरूसँग भर्चुअल छलफल गर्नुभएको थियो । छलफलका क्रममा यहाँका स्वास्थ्यकर्मीलगायतले अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव भएको जनाएका थिए । सोही क्रममा भट्टराईले सङ्क्रमण नियन्त्रणका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here