बहुचर्चित गैडे महमाई सडक निर्माण हुँदा स्थानीवासी दंग

0
1272

प्रकाश नेपाल

इलाम ,सडक पुर्वाधार विकास कार्यक्रमअन्तर्गत इलामको गैडे महमाई सडक खण्डको करिव ६ किलोमिटर सडक निर्माण भएको छ । माई नगरपालिकाको सङ्लुखोलादेखि लालखोला दोभानसम्म नयाँ एलाइनमेन्टमा काम सम्पन्न भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालयका इञ्जिनियर वीरेन्द्र कुमार यादवले ट्याक कटि , कलभट लगाउने काम ठेक्का अन्तर्गत निर्माण भएको छ । काम सन्तोषजनक रूपले भइरहेको बताउदै उहाँले सडक निर्माण भएपछी स्थानीय खुशी भएको बताउनुभयो । निर्माण कम्पनी सक्षम गजुरमुखी जेभीले दुई करोड ९० लाख रुपैयाँमा उक्त सडक निर्माण समयमा नै सम्पन्न गरेपछि स्थानीय लालखोला र महमाइका बासिन्दा खुशी भएका छन् ।

देउराली, फलाँटे हुदै झापा दोमुखासम्म जोड्ने ५२ किलोमिटर सडक बनेमा उक्त क्षेत्रका बासिन्दालाई तराई पुग्न सहज हुनेछ । स्थानीयवासी विरु कन्दङ्बाले बाटो बनेको खुशी साट्दै भन्नुहुन्छ ‘बाटो छोटो र राम्रो भएकाले हामी सबै एकदमै खुशी छौ ।’

लालखोला दोभानसम्म नयाँ कटिङ २४ सय घन मिटर ग्यावियन पर्खाल, १२ सय मिटर सोलिङ र प्लम कल्भर्टहरु निर्माण भएका छन् । यो सडक वर्षौ अघिबाट निर्माण शुरु भएपनि पटक पटक क्षतिग्रस्त भएकाले सञ्चालनमा आएको थिएन । सडक समयमै वारपार भएमा इभाङ गजुरमुखी, महमाई र बाँभmो क्षेत्रका बासिन्दालाई तराई पुग्न छोटो सडक बन्ने छ । गैडे महमाई द्रुत मार्गमा लालखोला दोभानदेखि दोमुखासम्मको भागमा भने निर्माण कार्य बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here